ताजमहल
ताज महल भारतको आगरा शहरमा स्थित एक समाधिस्थल हो । यसको निर्माण मुगल सम्राट शाहजहाँले, आफ्नो स्वा / From Wikipedia, the free encyclopedia
ताज महल (تاج محل) भारतको आगरा शहरमा स्थित एक समाधिस्थल हो । यसको निर्माण मुगल सम्राट शाहजहाँले, आफ्नो रानी मुमताज महलको सम्झनामा गराए।[1] ताज महल मुगल वास्तुकलाको उत्कृष्ट नमूना हो । यसको वास्तुकला शैली फारसी, टर्की, भारतीय तथा इस्लामिक वास्तुकलाको घटकहरूको अनौठो मिश्रण हो । सन् १९८३ मा, ताजमहल युनेस्को विश्व सम्पदा क्षेत्र बन्यो । यसको साथै, यसलाई विश्व सम्पदाको सर्वत्र प्रशंसा पाउने, अत्युत्तम मानवीय कृतिहरू मध्येको एक बताइएको छ । ताजमहललाई भारतको इस्लामी कलाको रत्न पनि घोषित गरिएको छ । साधारणतया देखीएको सिङ्गमर्मरको पातोहरूको ठुलो-ठुलो तहबाट छोप्न बनाएको भवनहरूको सरह नबनाएर यसको श्वेत गुम्बद तथा टाइल आकारमा सिङ्गमर्मरबाट [2] छोपिएको छ । केन्द्रमा बनाईएको समाधिस्थल आफ्नो वास्तु श्रेष्ठतामा सौन्दर्यको संयोजनको परिचय दिन्छन् । ताजमहल भवन समूहको संरचनाको खास कुरा छ, कि यो पूर्णतया समतिताकार छ । यसको निर्माण सन १६४८को लगभगमा पुरा भएको थियो ।[1] त्यस्ताद अहमद लाहौरीलाई प्रायः यसको प्रधान डिजायनकर्ता मानिन्छ।[3]