ताइपेइ १०१
From Wikipedia, the free encyclopedia
ताइपेइ १०१ लाई पहिले ताइपेइ विश्व वित्तीय केन्द्र भनेर समेत चिनिन्थ्यो । [1]: Script error: The function "hyphen2dash" does not exist. यो गगनचुम्बी संरचना ताइवान , ताइपेइको सिन्यी जिल्लाको निसानी समेत हो ।यो भवनलाई २००४ मा विश्वको सबैभन्दा अग्लो भवन भनेर आधिकारिक रूपमा घोषणा गरिएको थियो, र २०१० मा दुबईमा बुर्ज खलिफाको निर्माण पूरा हुनुभन्दा अघिसम्म सबैभन्दा अग्लो भवनको रूपमा रहेको थियो। २०११ मा, लिडरसिप इन् इनर्जी एण्ड इन्भाइरोमेन्टल डिजाइनद्वारा यो भवनलाई एल.ई.ई.डी. प्लाटिनम प्रमाणीकरण प्रदान गरिएको थियो र विश्वको सर्वोच्च र विशाल भवन बनेको थियो । [9]: Script error: The function "hyphen2dash" does not exist. [10]: Script error: The function "hyphen2dash" does not exist. योसँग त्यस समयको सबैभन्दा द्रुत लिफ्ट (स्वचालित भर्याङ) थियो , जुन ६०.६ कि.मी प्रति घण्टा (३७.७ माइल प्रति घण्टा)को गतिले चल्थ्यो र यात्रीलाई ३७ सेकेन्डमा पाचौ तलाबाट ८९ औ तलामा पुर्यौथ्यो । [11] २०१६ मा सबैभन्दा रुट लिफ्टको उपाधि सांघाई मा रहेको सङ्घाई टावरले पायो ।[12]
ताइपेइ १०१ | |
---|---|
台北101 | |
अन्य नाम | ताइपेइ वित्तीय केन्द्र |
उचाइ | |
विश्वको अग्लो २००४ देखि २०१० सम्म[I] | |
पूर्ववर्ती | पेट्रोनस टावर |
परावर्ती | बुर्ज खलिफा |
सामान्य विवरण | |
प्रकार | व्यापारिक भवन |
वास्तुकलाको ढाँचा | उत्तर आधुनिकतावाद |
स्थान | सिन्यी जिल्ला ताइवान , ताइपेइ |
निर्देशाङ्क | २५°२′१″उ॰ १२१°३३′५४″पू॰ |
निर्माणकार्यको थालनी | १९९९[1]: Script error: The function "hyphen2dash" does not exist. |
सम्पन्न | २००४[1]: Script error: The function "hyphen2dash" does not exist. |
खोलिएको | ३१ डिसेम्बर २००४[2]: Script error: The function "hyphen2dash" does not exist. |
लागत | NT$ 58 अर्ब (युएस$१.९३४ billion) |
स्वामित्व | ताइपेइ वित्तीय केन्द्र संस्थान |
व्यवस्थापन | अर्बान रिटेल प्रोपेर्तिज |
उचाइ | |
वास्तुकला | ५०९.२ मी (१,६७१ फिट)[3]: Script error: The function "hyphen2dash" does not exist. |
चुच्चो | ५०९.२ मी (१,६७१ फिट)[3]: Script error: The function "hyphen2dash" does not exist. |
छाना | ४४९.२ मी (१,४७४ फिट)[3]: Script error: The function "hyphen2dash" does not exist. |
मथिल्लो तला | ४३९.२ मी (१,४४१ फिट)[3]: Script error: The function "hyphen2dash" does not exist. |
Observatory | ३९१.८ मी (१,२८५ फिट)[3]: Script error: The function "hyphen2dash" does not exist. |
प्राविधिक विवरण | |
तला | १०१ भूमिगत ५ तला [2]: Script error: The function "hyphen2dash" does not exist. |
भुईँ तला क्षेत्र | ४,१२,५०० मी2 (४४,४०,१०० वर्ग फिट)[4] |
लिफ्ट | ६१ टोशिबा/को.ओ.एन.ए |
योजना तथा निर्माण | |
वास्तुकार | सि.वाई.लि एण्ड पार्टनर्स |
मुख्य ठेकदार | के.टि.आर.टि. साझेदार[5][6] |
वेबसाइट | |
taipei-101.com.tw | |
सन्दर्भ | |
[1]: Script error: The function "hyphen2dash" does not exist. [3]: Script error: The function "hyphen2dash" does not exist. [2]: Script error: The function "hyphen2dash" does not exist. [7][8] |
१०१ तला रहेको यो टावरको निर्माण १९९९ मा सुरु भएको थियो भने २००४ मा निर्माण सम्पन्न भएको थियो। यसको उद्घाटनदेखि नै यो टावर आधुनिक ताइवानको प्रतीक बनेको थियो । यो भवनलाइ वास्तुकलाको एसियाको प्रविधि तथा परम्परागत क्रमिक विकासको प्रतीक बनेको छ । यसको उत्तर आधुनिकतावाद दृस्टीले परम्परागत बनावट तत्वलाई आधुनिक रंग दिन्छ ।
ताइपेइ १०१ ताइपेइ वित्तीय केन्द्र संस्थानको स्वामित्वमा रहेको छ । प्रारम्भमा यो भवनको नाम ताइपेइ वर्ल्ड फाइनान्सियल सेन्टर राख्ने योजना बनाइएको थियो ।