डेरा इस्माइल खान
From Wikipedia, the free encyclopedia
डेरा इस्माइल खान (उर्दु : ڈیرہ اسماعیل خان, पस्तो: ډېره اسماعيل خانcode: ps is deprecated पाकिस्तानको खैबर पख्तुनख्वा प्रदेशमा रहेको डेरा इस्माइल खान जिल्लाको सदरमुकाम सहर हो । यो सहर सिन्धु नदीको पश्चिम किनारमा अवस्थित छ । [2]यो सहर प्रदेशको सदरमुकाम पेशावर सहरबाट ३०० किलोमिटर दक्षिणमा पर्छ भने पञ्जाबको मुल्तानको उत्तर-पश्चिममा रहेको छ । यो सहर जिल्ला र तहसील दुवैको सदरमुकामको रूपमा रहेको छ । यस सहरमा मुख्यतया पश्तो र सराइकी भाषा बोलिन्छ । सन् १९९८ को जनगणना अनुसार यस सहरको कुद जनसङ्ख्या ८६,९६९ रहेको छ । जसमध्ये अधिकांश मानिसहरू इस्लाम धर्मका रहेका छन् ।
छरितो तथ्यहरू डेरा इस्माइल खान ڈیرہ اسماعیل خان, देश ...
डेरा इस्माइल खान
ڈیرہ اسماعیل خان | |
---|---|
निर्देशाङ्क: ३१°४९′५३″उ॰ ७०°५४′७″पू॰ | |
देश | पाकिस्तान |
प्रदेश | खैबर पख्तुनख्वा |
जिल्ला | डेरा इस्माइल खान |
तहसील | डेरा इस्माइल खान |
सरकार | |
• प्रमुख आयुक्त | अब्दुल घफोर |
• उप-आयुक्त | नासर अहमद |
उन्नतांश | १६५ मिटर (५४१ फिट) |
जनसङ्ख्या (२०१७)[1] | |
• जम्मा | २१७,४५७ |
डेरा इस्माइल खान नगरपालिका: २,११७,६० डेरा इस्माइल खान: ५,६९७ | |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
सङ्घीय परिसर सङ्ख्या | ४७ |
बन्द गर्नुहोस्