डिएगो म्याराडोना
From Wikipedia, the free encyclopedia
डिएगो म्याराडोना (स्पेनी उच्चारण: [ˈdjeɣo maɾaˈðona]; (स्पेनी उच्चारण:दिएगो आर्मान्दो मारादोना फ्राङ्को) (३० अक्टोबर १९६०-२५ नोभेम्बर २०२०) एक अर्जेन्टिना व्यावसायिक फुटबल खेलाडी तथा फुटबल प्रशिक्षक थिए।आफ्ना प्रशंसक तथा अनुयायीहरूका माझ पिबे दे अरोको (सुनौलो बालक) नामबाट परिचित म्याराडोनाले आफ्नो व्यावसायिक फुटबल खेलजीवनको अधिकांश समय अर्जेन्टिनोस जुनियर्स र इटालेली क्लब नापोलीमा एक मध्यपङ्क्तिको भूमिका निर्वाह गर्दै बिताएका थिए।[7] उनी मूल रूपमा एक आक्रमक मध्यपङ्क्तिका फुटबल खेलाडी थिए भने उनले कहिलेकाँही मध्यवर्ती आक्रमक मध्यपङ्क्तिको रूपमा पनि खेल खेल्ने गरेका थिए। थुप्रै फुटबल खेलाडी तथा विशेषज्ञहरूले उनलाई सबै समयका सर्वश्रेष्ठ फुटबल खेलाडी मान्दथे। म्याराडोना खेलकूदको संसारमा सबैभन्दा विवादास्पद र महत्वपूर्ण व्यक्तित्व मध्ये एक मानिन्छन्। सन् १९९१ मा इटालीमा मादक पदार्थको परीक्षण गर्दै गर्दा उनले कोकिन नामक मादक पदार्थ प्रयोग गरेका कारण फुटबल खेल्नबाट १५ महिनासम्म निषेधित गरिएको थियो।[8][9] सन् १९९४ को फिफा विश्वकपका इफेड्रिनको सकारात्मक परीक्षणका लागि उनी अयोग्य घोषित भएका थिए। सन् २००५ मा म्याराडोनाले कोकिनको नशा त्यागेका थिए। उनको कडा शैलीका कारण उनी र पत्रकारखेल विशेषज्ञ बीच धेरै मतभिन्नताहरू रहेका छन्।
१९८६ फिफा विश्वकपको उपाधि उचाल्दै म्याराडोना | |||||||||||||||||||||||||||||||
व्यक्तिगत जानकारी | |||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | डिएगो आर्मान्दो माराडोना फ्राङ्को[1] | ||||||||||||||||||||||||||||||
जन्म मिति | (१९६०-१०-३०)३० अक्टोबर १९६० | ||||||||||||||||||||||||||||||
जन्म स्थान | लानुस, बुयेनोस आइरेस, अर्जेन्टिना | ||||||||||||||||||||||||||||||
मृत्यु मिति | २५ नोभेम्बर २०२०(2020-11-25) (उमेर ६०) | ||||||||||||||||||||||||||||||
मृत्यु स्थान | तिग्रे, बुयेनोस आइरेस, अर्जेन्टिना | ||||||||||||||||||||||||||||||
उचाइ | १.६५ मी [2] | ||||||||||||||||||||||||||||||
खेल्ने स्थान(हरू) |
आक्रामक मध्यपङ्क्ति अग्रपङ्क्ति[3][4][5][6] | ||||||||||||||||||||||||||||||
वरिष्ठ करियर* | |||||||||||||||||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | ||||||||||||||||||||||||||||
सन् १९७६–१९८१ | आर्हेन्तिनोस जुनियर्स | १६७ | (११६) | ||||||||||||||||||||||||||||
सन् १९८१–१९८२ | बोबा जुनियर्स | ४० | (२८) | ||||||||||||||||||||||||||||
सन् १९८२–१९८४ | बार्सिलोना | ३६ | (२२) | ||||||||||||||||||||||||||||
सन् १९८४–१९९१ | नापोली | १८८ | (८१) | ||||||||||||||||||||||||||||
सन् १९९२–१९९३ | सेभिया | २६ | (५) | ||||||||||||||||||||||||||||
सन् १९९३–१९९४ | न्युवेल्स ओल्ड ब्वाइज | ५ | (०) | ||||||||||||||||||||||||||||
सन् १९९५–१९९७ | बोका जुनियर्स | ३० | (७) | ||||||||||||||||||||||||||||
जम्मा | ४९१ | (२५९) | |||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय करियर | |||||||||||||||||||||||||||||||
सन् १९७७–१९७९ | २० वर्ष मुनीको राष्ट्रिय टोली | १५ | (८) | ||||||||||||||||||||||||||||
सन् १९७७–१९९४ | अर्जेन्टिना | ९१ | (३४) | ||||||||||||||||||||||||||||
प्रबन्धक करियर | |||||||||||||||||||||||||||||||
सन् १९९४ | तेक्सतिल मान्दिउ | ||||||||||||||||||||||||||||||
सन् १९९५ | रेसिङ क्लब | ||||||||||||||||||||||||||||||
सन् २००८–२०१० | अर्जेन्टिना | ||||||||||||||||||||||||||||||
सन् २०११–२०१२ | अल-वासल | ||||||||||||||||||||||||||||||
सन् २०१३–२०१७ | दिपोर्तिबो रियस्त्रा | ||||||||||||||||||||||||||||||
सन् २०१७–२०१८ | फुजइरा एफसी | ||||||||||||||||||||||||||||||
सन् २०१८–२०१९ | दोरेदोस दे सिनालोआ | ||||||||||||||||||||||||||||||
सन् २०१९–२०२० | गिम्नासिया | ||||||||||||||||||||||||||||||
सम्मान
| |||||||||||||||||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल |
सन् १९७६-७७ फुटबल संस्करण अन्तर्गत म्याराडोनाले एस्त्रेया रोहार नामक एक अर्जेन्टिनी फुटबल क्लबको युवा टोलीमा प्रवेश गर्दै आफ्नो व्यावसायिक फुटबल खेलजीवनको सुरुवात गरेका थिए भने त्यसपछिका वर्षहरूमा उनी लस सेबायितास र आर्हेन्तिनोस जुनियर्स जस्ता फुटबल क्लबहरूको युवा टोलीमा आवद्ध हुँदै व्यावसायिक फुटबल खेलमा पदोन्नति गर्न सफल भएका थिए। सन् १९९६-७७ फुटबल संस्करणमा उनी आर्हेन्तिनोस नामक एक अर्जेन्टिनी फुटबल क्लबको वरिष्ठ टोलीमा आवद्ध भएका थिए भने उनले सोही क्लब मार्फत आफ्नो वरिष्ठ फुटबल खेलजीवनको सुरुवात गरेका थिए। उक्त क्लबसँगको ५ वर्षे बसाइँमा उनले क्लबका लागि कुल ५ संस्करणहरूमा १६७ खेलहरूमा सहभागी भएका थिए भने त्यसपछि उनी १० लाख ५० हजार युरोको लागतमा बोका जुनियर्स नामक फुटबल क्लबमा आवद्ध भएका थिए। बोका जुनियर्समा आवद्ध भएकै वर्ष उनले क्लबको तर्फबाट लिग उपाधि जित्न सफल भएका थिए भने त्यसपछि उनी ५० लाख युरोको विनिमयमा (तत्कालीन समयको विश्व कीर्तिमान) स्पेनी क्लब बार्सिलोनामा आवद्ध भएका थिए जहाँ उनले सेसर लुइस मनोतीको नेतृत्वमा रहेको टोलीले ३ लिग उपाधि जित्न सफल भएको थियो। बार्सिलोनासँगको २ फुटबल संस्करणमा उनले क्लबका लागि ४५ उपस्थिति जनाउँदै ३० गोल गर्न सफल भएका थिए भने त्यसपछि उनलाई नापोली नामक एक इटालेली क्लबमा ७० लाख युरोको विनिमयमा क्लबमा स्थानान्तरण गरिएको थियो भने सर्वाधिक रकमका साथ अर्को क्लबमा स्थानान्तरण भएका कारण उनले नयाँ विश्व कीर्तिमान राख्न सफल भएका थिए। म्याराडोना फुटबल इतिहासका प्रथम खेलाडी थिए जसले दुईपटक स्थानान्तरणको विश्व कीर्तिमानलाई तोडेका थिए।[10] त्यसपछिका वर्षहरूमा उनी स्पेनी सेभिया र ओल्ड ब्वाइजमा आवद्ध भएका थिए। पछिल्लो सन् १९९५-१६ फुटबल संस्करणमा उनी प्रतिबन्ध फुकुवा भई पुनः र बोका जुनियर्समा सामेल भएका थिए जहाँ उनले २ संस्करणहरू खेलेपछि फुटबल खेलबाट सन्यास लिने घोषणा गरेका थिए।