From Wikipedia, the free encyclopedia
डंगर गिद्ध नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा ह्वाइट-रम्पेड भल्चर (White-rumped Vulture) भनिन्छ ।
डंगर गिद्ध | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत |
सङ्घ: | हाड भएका |
वर्ग: | |
गण: | Accipitriformes |
कुल: | Accipitridae |
वंश: | Gyps |
प्रजाति: | G. bengalensis |
वैज्ञानिक नाम | |
Gyps bengalensis (Gmelin, 1788) | |
डंगर गिद्धको पहिलेको वितरण नक्शा | |
पर्याय | |
Pseudogyps bengalensis |
यो एक मध्यम आकारको गिद्ध हो यसको टाउको र घाँटिमा रौं हुदैनन् । यसका प्वाँखहरू धेरै चौडाइका हुन्छन् र पुछर सानो हुन्छ । यो ग्रिफन गिद्ध भन्दा निकै सानो हुन्छ र यसको घाँटिमा सेता प्वाँखहरूको गुच्छा हुन्छ । वयस्कको सेतो पीठ, पुट्ठा र प्वाँखहरूको भित्री भाग सेतो र अरु भाग गहिरो रंगका परहरूबाट भिन्न हुन्छन् जो कि साफ देखिन्छन् । शरीर कालो हुन्छ र सानोमा चाँदीनुमा स्लेटी हुन्छन् । टाउको गुलाबी रंगको हुन्छ र चुच्चो चाँदी रंगको हुन्छ । चुच्चोको किनाराहरू गहिरो रंगका हुन्छन् । नाकका प्वालहरू मसिनो हुन्छन् । अवयस्क गहिरो रंगका हुन्छन् र वयस्कका प्वाँखहरू आउनमा चार देखी पाँच वर्षको समय लाग्दछ । उड्ने बेला वयस्कका प्वाँखहरूको अग्रिम भाग गहिरो देखिन्छ र पाँखको तल्लो भाग अर्को भागमा सेतो हुन्छन् । पुछरको तल्लो पट्टीको भाग पनि कालो हुन्छ ।[2]
यो जिप्स गिद्धहरूको प्रजातिमा सबैभन्दा सानो हुन्छ । तर पनि एक ठुलो चरा हो । यसको वजन ३.५ देखी ७.५ किलो हुन्छ र लम्बाई करीब ७५ देखि ९३ से. मी. सम्म हुन्छ ।[3][4]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.