ट्वान्टी२० सामान्यतया टिट्वान्टी भन्ने गरिन्छ । यो क्रिकेटको त्यो स्वरूप हो जसमा दुई टिमहरूको बीचमा बढीमा २० ओभर को प्रतिस्पर्धा हुन्छ । यस खेलको सुरुवात संयुक्त अधिराज्यमा इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले सन् २००३ मा व्यावसायिक टिमहरू बीच खेल गराएर गरेको थियो । यस खेलले निकै कम समयमा आफ्नो स्वरूपको कारण चर्चा बटुल्न सफल भएको छ । यो खेलको समयावधि छोटो हुने भएकोले सबै वर्गको क्रिकेट प्रेमी बीच यो लोकप्रिय रहेको छ । यो खेलको एक इनिङ्ग ७०-९० मिनेटमा सकिन्छ त्यसपश्चात १०-२० मिनेटको अन्तराल पछि अर्को इनिङ्गको खेल सुरु हुन्छ जसले गर्दा यो खेल ३ घण्टा भित्र सकिन्छ ।

Thumb
सन् २००५ मा खेलिएको ट्वान्टी ट्वान्टी क्रिकेट खेलको दृश्य

क्रिकेट जगतमा ज्यादै लोकप्रिय भएको हुनाले तथा नतिजा चांडै आउने हुनाले आइसिसीले यस स्वरूपमा चासो राखेर सन् २००७ मा दक्षिण अफ्रिकामा पहिलो आइसिसी पुरुष टि२० विश्वकप प्रतियोगिता गराएको थियो जसमा भारतले पाकिस्तानलाई फाइनलमा ५ रनले हराएर विश्वकप आफ्नो झोलामा हालेको थियो । [1] पाकिस्तानले सन् २००९ जितेको थियो,[2] त्यसै प्रकार इङ्ल्यान्डले सन् २०१०, र श्रीलङ्काले सन् २०१४ को प्रतियोगिता भारतलाई ६ विकेटले हराएर जितेको थियो ।

इतिहास

उत्पति

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.