टेलि २ रूस (रूसी: t2) एक रूसी दूरसञ्चार कम्पनी हो । यो सन् २००१ मा स्वीडिस समूह टेलि २ द्वारा स्थापित गरिएको थियोे । यसले ४० लाख भन्दा अधिक प्रयोगकर्ताहरूका लागि मोबाइल टेलिफोन र अन्य सेवाहरू प्रदान गर्दछ । कम्पनीको मुख्यालय रूसको राजधानी मस्कोमा रहेको छ भने यसका प्रमुख कार्यकारी अधिकृत सर्जी एड्मिन हुन् । कम्पनी सन् २००१ मा सिमित दायित्व कम्पनीको रूपमा स्थापित भएको थियोे र भिटिबि र रोस दूरसञ्चारको सहायक कम्पनीको रूपमा सेवा प्रदान गर्दै आइरहेको छ । हालैको एक तथ्याङ्क अनुसार कम्पनीमा ८,००० जना कामदारहरू रहेका छन् । यसले देशको सबै ठाउँमा दूरसञ्चार सेवा पुर्याएको छ । वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-२४ मिति
व्यवसाय प्रकार | सिमित दायित्व कम्पनी[1] |
---|---|
उद्योग | मोबाईल दूरसञ्चार |
स्थापित | २००१ |
स्थापनाकर्ता | टेलि २ एबि |
केन्द्रीय कार्यालय | मस्को, रूस |
मुख्य व्यक्ति | सर्जी एड्मिन (कार्यकारी अधिकृत) युरिटि सेलोभएभ (निर्देशन बिभागका अध्यक्ष) |
उत्पादनहरू | मोबाइल सञ्जाल |
आम्दानी | ६५,३ बिलियन (२०१३)[2] |
२४,२ बिलियन (२०१३) | |
मालिक | भिटिबि, रोस दूरसञ्चार |
कर्मचारी सङ्ख्या | ८०००+[3] |
वेबसाइट | t2.ru |
इतिहास
सञ्चालनको पहिलो २ वर्षमा (सन् २००३-२००४ सम्म) कम्पनीले रूसमा १२ प्रदेशहरूमा सेवाको सुरूवात गरेको थियोे । २७ मार्च २०१३ मा स्विडिस समूह टेलि २ ले आफ्नो रूसी सहायक कम्पनी टेलि २ रूसलाई भिटिबि समूहमा बेच्ने निर्णयको धोषणा गरेको थियोे । अप्रिल ४ मा यस सम्झौता सम्पन्न भएको थियो । २४ जुन २०१३ मा कम्पनीले मोबाइल सञ्चालक भोरोनेज कोडो टेललाई अधिग्रहण गरेको थियोे ।
कम्पनीले लगभग ५,००० ३ जी आधार स्टेसन र २००० एलटिई स्टेसनको स्थापना पछि, अक्टोबर २०१५ मा यसले मस्को र मस्को ओब्लास्टमा आफ्नो सेवा सुरु गरेको थियोे । १३ अगस्ट २००७ मा टेलि २ रूसले १० वर्षको लागि "भिम्पेलकम" राष्ट्रिय रोमिङ सम्झौतामा हस्ताक्षर गरेको थियोे ।
स्वामित्व र निर्देशन विभाग
टि २ आरकेटि
१३ अप्रिल २०१७ को अनुसार यस कम्पनीमा, टेलि २ ले ५५% र रोस दूरसञ्चारले ४५% स्वामित्व लिएको छ ।
टेलि २ रूस
१३ अप्रिल २०१७ को अनुसार, भिटिबि बैङ्कको ५०% स्वामित्व रहेको छ जो रूसी अरब पति एलेक्सि मोर्दासोभोको ४०% स्वामित्वमा रहेको छ भने बैङ्क रोसीयाको १०% स्वामित्वमा रहेको छ ।
रोस दूरसञ्चारसँग संयुक्त उद्यम
पहिला यसले रोस दूरसञ्चारको स्वामित्वमा सेलुलर कम्पनीहरू सञ्चालन गर्यो र पछि संयुक्त उद्यम सिर्जना गर्ने सम्झौतामा टेल २ मा पठाइएको थियोे । सन् २०१४ को प्रतिवेदनका अनुसार टेली २ सङ्घीय सञ्चालकहरू मध्ये सबै भन्दा सानो दूरसञ्चार सेवा सञ्चालक रहेको थियो । हाल यसका ४० मिलियन भन्दा बढी प्रयोगकर्ताहरू रहेका छन् । कम्पनी सन् २००१ मा सिमित दायित्व कम्पनीको रूपमा स्थापित भएको थियोे ।
सन्दर्भ सामग्री
बाह्य कडीहरू
Wikiwand in your browser!
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.