टाइगर वुड्स
From Wikipedia, the free encyclopedia
एल्ड्रिक ट्रोंट वुड्सको जन्म ३० डिसेम्बर १९७५ मा संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको हो । [2][3] उनी अमेरिकी व्यावसायिक गोल्फ खेलाडी हुन् जसले अहिलेसम्मको गोल्फ उपलब्धिहरूले गर्दा उनलाई अहिलेसम्मको सर्वाधिक सफल गोल्फ खेलाडी बनाएको छ । उनी पूर्व विश्व नम्बर १ तथा संसारमा कुनै समयमा सबैभन्दा बढी पैसा प्राप्त गर्ने व्यावसायिक गोल्फ खेलाडी थिए जसले एउटा अनुमानका अनुसार सन २०१० मा गोल्फ उपाधी तथा विज्ञापनहरूबाट ९.०५ करोड अमेरिकी डलर अर्जित गरेका थिए । [4][5]
टाइगर वुड्स | |
---|---|
व्यक्तिगत विवरण | |
पूरा नाम | एल्ड्रिक ट्रोंट वुड्स |
उपनाम | टाइगर |
जन्म | सन् १९७५ डिसेम्बर ३० क्यालिफोर्निया |
उचाई | ६ फिट १ इन्च |
तौल | ८४ किलोग्राम |
नागरिकता | संयुक्त राज्य अमेरिका |
निवास | जुपिटर आइसल्यान्ड, फ्लोरिडा |
जीवनसाथी | एलिन नोर्देग्रेन (२००४-२०१०) |
सन्तान | साम अलेक्सिस (जन्म २००७) चार्ली एक्सेल (जन्म २००९) |
करिअर | |
विश्वविद्यालय | स्ट्यानफोर्ड विश्वबिध्यालय (२ वर्ष) |
व्यावसायिकता हासिल | सन् १९९६ |
वर्तमान टुरहरु | पीजीए टुर (सन् १९९६ देखि सामेल) |
व्यवसायिक विजय | १०६ [1] |
विजय यात्रा | |
पीजीए टुर | ७९ (दोश्रो खेलाडी सबैभन्दा बढी पीजीए टुर जित्ने) |
युरोपियन टुर | ४० (तेश्रो खेलाडी सबैभन्दा बढी युरोपियन टुर जित्ने) |
जापान गल्फ टुर | २ |
एसियाली टुर | १ |
अष्ट्रेलियाको पीजीए टुर | १ |
Other | १६ |
Best results in Major Championships (Wins: १४) | |
मास्टर टुर्नामेन्ट | जित: (१९९७,२००१,२००२ तथा २००५) |
यु.एस.ओपन | जित: (२०००,२००२ तथा २००८) |
द ओपन च्याम्पियनसिप | जित: (२०००,२००५ तथा २००६) |
पीजीए च्याम्पियनसिप | जित: (१९९९,२०००,२००६ तथा २००७) |
वुड्सले बर्तमान समयसम्म १४ प्रमुख व्यावसायिक गोल्फ प्रतियोगिताहरू जितेका छन् । यो कुनै पनि पुरुष व्यावसायिक खेलाडीको नाममा भएको दोस्रो सर्वोच्च उपलब्धि हो (ज्याक निकोलस १८ जीतहरूका साथ वुड्स भन्दा अगाडि छन्) र ७९ पिजीए टूर गोल्फ प्रतियोगिता जीत्ने यिनी विश्वका दोश्रो खेलाडी हुन् ।[6] यसका अतिरिक्त ज्याक निकलस पछि वुड्स दोस्रो सफल गोल्फ खेलाडी हुन् जसले आफ्नो गल्फ क्यारियरमा तीन पटक ग्रयाण्ड स्ल्याम उपाधी जितिसकेका छन् । वुड्सले १६ पटक विश्व गोल्फ च्याम्पियनसिप जी्तेका छन् ।
सन् २००९ डिसेम्बर ११ मा वुड्सले आफू परस्त्री सँग भएको स्वीकार गरे तथा आफ्नो विवाहमा ध्यान केन्द्रित गर्नको लागि व्यावसायिक गोल्फ करियरबाट अनिश्चितकालीन अवकाश लिए । त्यसबेला एक दर्जन भन्दा अधिक महिलाहरूद्वारा विश्वभरिका मिडिया स्रोतहरूको माध्यमबाट उनको धेरै काण्डहरूलाई बाहिर निकालेका थिए ।[7][8] २० सप्ताहको अवकाश पछि[9] पुन: वुड्स ८ अप्रिल २०१० मा २०१० गोल्फ मास्टर्सको लागि प्रतियोगितामा फर्किए ।
२०१० जुलाईमा फोर्ब्सले वुड्सलाई संसारको सबैभन्दा धनी खेलाडी घोषित गर्यो । फोर्ब्सको अनुसार वुड्सको आय १०.५ करोड अमेरिकी डलर थियो र स्पोर्ट्स इलस्ट्रेटेडका अनुसार ९.०५ करोड अमेरिकी डलर थियो ।[10]
सन् २०१० अक्टोबर ३१ मा वुड्सले आफ्नो नम्बर १ को क्रम गुमाए र उनको स्थान ली वेस्टवुडले कब्जा गरे ।