झेलम
पंजाब को एक सहर, पाकिस्तान / From Wikipedia, the free encyclopedia
झेलम (उर्दु: جِہلم, पन्जाबी: جہلم) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको झेलम जिल्लाको राजधानी सहर हो जुन झेलम नदीको दायाँ किनारमा अवस्थित छ । झेलम सहरले पाकिस्तानको स्वतन्त्रता भन्दा पहिला ब्रटिस्ट सेनालाई धेरै मात्रामा सैनिकहरू दिएको थियो र पछि पाकिस्तानको लागि पनि देशको सबैभन्दा धेरै यहि सहरबाट उत्पादन भएका करणले यस सहरला सैनिकहरूको सहर र युद्धाको भुमी भन्ने गरिन्छ । [3]
झेलम
جِہلم | |
---|---|
सहर | |
उपनाम: योद्धाहरूको सहर | |
देश | पाकिस्तान |
प्रदेश | पञ्जाब |
जिल्ला | झेलम |
सङ्घीय परिसद | ७ |
सरकार | |
• अध्यक्ष | खान शेर बहादुर काइरा |
क्षेत्रफल | |
• जम्मा | २२.५ किमी२ (८.७ वर्ग माइल) |
उन्नतांश | २३३ मिटर (७६८ फिट) |
जनसङ्ख्या (१९९८) | |
• जम्मा | १४५,८४७ |
• घनत्व | ६५००/किमी२ (१७०००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
हुलाक कोड | ४९६०० |
सम्पर्क कोड | ०५४४ |
मानव विकास सुचकाङ्क | ८२९ (२०१४-१५ सम्मको) [2] |
विकास सुचाकङ्क श्रेणी | अति उच्च |
झेलम सहर म्यासेडोनियाका राजा र राजा पुरुवसको बिच युद्ध भएको ठाउँबाट केहि दुरीमा रहेको छ जुन युद्धलाई झेलमको युद्ध पनि भन्ने गरिन्छ । राजा अलेक्जेन्डरको ब्युसेफलस घोडाको मृत्यु पछि यस सहरलाई राजा अलेक्जेन्डरले सहरलाई ब्युसेफेला राखेका थिए । यस सहरमा नजिकैको अन्य उल्लेखनीय सम्पदाहरू छन् जसमा १६ औँ शताब्दी रोहतस किल्ला, प्राचीन मन्दिर परिसर र १६ औँ शताब्दीको ग्रान्ड ट्रङ्क सडक आदि रहेका छन् जुन सहरमा पर्छ । यस सहरको नामको उत्पत्ति जल जसको अर्थ पानी हुन्छ भने हम जसको अर्थ हिउँ हुन्छ । यस सहरमा विभिन्न कलकारखानाहरू रहेका छन् जसमध्ये खैनी कारखाना, फर्निचर कारखाना, काँच कारखाना आदि रहेका छन् ।