ज्याक्स सिराक
फ्रान्सेली गणतन्त्रको २२ औँ राष्ट्रपति / From Wikipedia, the free encyclopedia
ज्याक्स रेने सिराक (ब्रिटिस: /ˈʃɪəræk/,[1][2] अमेरिकी: /ʒɑːk ʃɪəˈrɑːk/ ( सुन्नुहोस्),[2][3][4] फ्रान्सेली: [ʒak ʁəne ʃiʁak] ( सुन्नुहोस्); १९३२ नोभेम्बर २९ – २०१९ सेप्टेम्बर ६) १९९५ देखि २००७ सम्म फ्रान्सको राष्ट्रपति भएका एक फ्रान्सेली राजनीतिज्ञ हुन्। [5] सिराक यस अघि १९७४ देखि १९७६ सम्म र १९८६ देखि १९८८ सम्म फ्रान्सको प्रधानमन्त्री र १९७७ देखि १९९५ सम्म पेरिसको मेयर पनि बनेका थिए।
छरितो तथ्यहरू ज्याक्स सिराक, फ्रान्सको राष्ट्रपति ...
ज्याक्स सिराक | |
---|---|
फ्रान्सको राष्ट्रपति | |
कार्यकाल १७ मे १९९५ – १६ मे २००७ | |
प्रधानमन्त्री |
|
पूर्वाधिकारी | फ्रान्कोइस मिटर्यान्ड |
उतराधिकारी | निकोलस सारकोजी |
155 औं र 159 औं फ्रान्सको प्रधानमन्त्री | |
कार्यकाल २० मार्च १९८६ – १० मे १९८८ | |
राष्ट्रपति | François Mitterrand |
पूर्वाधिकारी | Laurent Fabius |
उतराधिकारी | Michel Rocard |
कार्यकाल २७ मे १९७४ – २५ अगस्ट १९७६ | |
राष्ट्रपति | Valéry Giscard d'Estaing |
पूर्वाधिकारी | Pierre Messmer |
उतराधिकारी | पेरिसको मेयर |
पेरिसको मेयर | |
कार्यकाल २० मार्च १९७७ – १६ मे १९९५ | |
सहायक |
|
पूर्वाधिकारी | पद पुन: स्थापना भएको |
उतराधिकारी | Jean Tiberi |
बन्द गर्नुहोस्
दुई पटकसम्म फ्रान्सको राष्ट्रपति र प्रधानमन्त्रीका रूपमा काम गरेका सिराकको पहलमा युरोपमा एकल मुद्रा प्रचलनमा ल्याइएका थियो। उनले अमेरिकाद्वारा सन् २००३ मा इराकमा गरेको आक्रमणलाई सशक्त विरोध गरेकोले वासिङ्टनसँगको सम्बन्धमा समेत समस्या आएको थियो।