जुका एक परजीवी किरा हो। नेपाली भाषामा जुका चार थरीका किराहरूको नाम दिइएको छ। पेटको जुका मानिस तथा पशूहरूको पेटमा पर्ने भित्रीय परजीवी किरा हो। त्यस्तै पानी जुका अरु जीवहरूको रगत चुस्ने बाहिरिए परजीवी हो। पानी जुका पनि तिन प्रकारको हुन्छ जस मध्य एक प्रकारको जुका पानीमा नै बस्छ। पानी बाहिर आए बाँच्न सक्दैन। यस्तो जुका कहिल्यै नसुक्ने पानीको मुलमा बाह्रै महिना पाइन्छ। पशु तथा मान्छेले घोप्टो परेर पानी पिउँदा यो जुका नाकमा प्रवेश गर्छ। कम्तीमा पनि तीन महिना सम्म त्यो जुका नाख भित्रै बस्छ र रगत चुस्दै जान्छ। जमिनमा पाईने जुका अर्को खाले पानी जुका हो, यो जुका पानीमा बस्दैन तर पानीको आस पास अथवा वर्षायाममा मात्र यो जुका पहाडी क्षेत्रमा देखिन्छ। हिड्दा टाउको र पुछर टेकेर हिड्ने गर्छ। अरू जीवहरूको आवत जावत बढी हुने ठाउँमा तथा बाटोमा प्रतिक्षा गर्छ र कुनै मान्छे अथवा जीव जनावर आएको थाह पाउने बित्तीकै खुट्टा अथवा शरीरको अन्य भागमा (शरीरको जुन भाग जमिनसँग सम्पर्क छ) सर्छ। रगत चुस्न थाल्छ कसैलाई थाहै हुन्न जुकाले खाँदा तर पछि गएर अघाएर झरेमा रगत बगेको देखेमा मात्र थाहा पाइन्छ। तराईको पानी जमेको ठाउँमा एक प्रकारको अर्को जुका हुन्छ। यो लामो पनि हुन्छ माछा जस्तै पानीमा पौडिन्छ र कुनै अन्य जीव मान्छे अथवा जनावरहरू पानीमा गएमा शरीरमा सर्छ र रगत चूस्न थाल्छ यो जुका पहाडी जुका भन्दा पनि खतरनाक हुन्छ। जुकाको प्रजाति संसारमा सबैभन्दा बढी हुन्छ।[1]

पेटको जुका

पेटको जुका एक प्रकारको परजीवि हो। जुका विभिन्न प्रजातिका हुन्छन्। आम मानिसहरूले देख्ने गरेका जुकाहरू गड्यौला जस्ता स्वरूपमा पाइन्छन्। जनावर तथा मानिसको पेटमा खाना वा पानिको माध्यमबाट जुकाका फुलहरू पुग्दछन र पेटभित्र यिनीहरूको विकास हुन्छ। शरीरमा खानाबाट पाइने पुष्टिक तत्व खाएर यिनीहरू बढ्न थाल्दछन् भने जसको शरीर भित्र यी हुर्कन्छन् उनीहरू भने दुब्लाउँदै जान्छन् किनकी उनीहरूको शरीरका लागि चाहिँने पुष्टिक तत्व जुकाले खाइदिन्छन्। त्यसैले जुकालाई अरूमाथि आश्रित भएर बाँच्ने भएको हुँदा परजीवि भनिएको हो। यदी बेलैमा उपचार हुन सकेन भने यी जुकाहरूको सङ्ख्यामा पेट भित्र नै ठुला हुन्छन् र केटाकेटी र साथै जनावरको पेटमा धेरै मात्रामा फैलिएर बिरामी मर्न पनि सक्छ।

पानी जुका (१)

Thumb
बाख्राको नाखबाट निकालेको पानी जुका

यो पानी जुका पानीमा नै बस्छ पानीबाट बाहिर आएमा अथवा सुखा ठाउँमा यो जुका बाँच्न सक्दैन। यो जुकाको लम्बाइ मुस्किलले १ से.मी हुन्छ। यो जुका बाह्रै महिना नसुक्ने पानीको मुहानमा बस्छ। कुनै पशूले पानी खाएमा यो जुका पशूको नाखमा प्रवेश गर्छ। पशू मात्र नभएर मान्छेको नाखमा पनि पस्न सक्छ। यदी जुका भएको पानीमा मान्छेले ध्यान न पुर्याएर पानी खाएमा जुका मान्छेको नाकमा पनि पस्छ। नाखमा पस्दा कति पए कसैलाई थाह हुँदैन यसको शरीर अत्यन्त चिप्लो, मसिनो र सानो भएकाले नाख भित्र जाँदा थाहा पाउन गाह्रो छ। नाख भित्र पसिसके पछि कम्तीमा पनि १५ दिन सम्म बाहिर देखिदैन। भनिन्छ तबसम्म जुका उल्टो फर्केको हुँदैन जुका नाकमा भएको पशु तथा मान्छेको नाखबाट पहिले पहिले रगत बगेको देखिन्छ जुका उल्टो फर्कि सके पछि रगत बग्दैन बरु पानी खान लाग्दा पानी खानको लागि जुकाले मुख बाहिर निकालेको देखिन्छ। पानीमा छँदा १ से.मी.को लम्बाइमा हुने यो पर जीवी नाख भित्र दिन प्रति दिन बढ्दै जान्छ। नाखमा बसेर यसको लम्बाइ कम्तीमा पनि १५ देखि २० से.मी. र मोटाई ५ से.मी सम्म हुन्छ। यदी कुनै पशू अथवा मान्छेको नाखमा जुकाको सङ्ख्या एक भन्दा धेरै भएमा दिन प्रतिदिन बढ्दै जाने भएका कारण स्वाँस लिन गाह्रो भएर कतिपए पशुहरू त मरेको पनि देखिन्छ। यो जुका कम्तीमा पनि तिन चार महिना सम्म नाखमा बसेर रगत चुस्दै रहन्छ यदी पानी खाने बेलामा बाहिर मुख निकालेको मौका हेरी च्याप्प समातेर बाहिर तान्न सकिन्छ तर यो काम धेरै कम सम्भव छ। जुका अत्यन्तै चिप्लो भएकाले रुमालको बिना खाली हातले समातेमा फुत्केर जान्छ फेरी धेरै दिन सम्म बाहिर देखा पर्दैन। यदी जुकालाई झार्नु छ भने जुका नाखमा भएको मान्छे तथा पशुलाई लामो समय पछि पानी खान दिएमा जुका झर्न सक्छ यो उपाय पनि धेरै कम सम्बभ छ। जुका भएको मान्छे अथवा पशूको नाकमा तम्बाकुको पानी त्यो नभए नुन पानी अथवा टोलीुरको रस हालेमा जुका सजिलै निस्किन्छ तर नाकमा भने असर पर्छ। स्वाँस फेर्दा पानी नाकभित्र पसेमा असर हुने सम्भावना हुन्छ।

पानी जुका (२)

Thumb
पानी जुका

जुका एनिलिडा समूह अन्तर्गत पर्ने प्राणी हो। प्राय पहाडी भू-भागमा वर्षायाममा पाइने यो जुकालाई पानी जुकाको नाम दिएको पाइएता पनि यो जुका पानीमा बस्दैन पानीको आसपास भने बस्छ। यो जुका पनि पानीमा बस्ने पहाडी जुका जस्तै हुन्छ तर यो जुका टाउको र पुछर टेकेर खानाको खोजीमा एक ठाउँ देखि अर्को ठाउँमा विचरण गर्न सक्छ। यो जुकाले अन्य जीवहरूको बाहिरिए शरीरमा टाँसिएर रगत चुस्ने गर्छ। शरीर पानीले भिजेको छ अथवा चिसो छ भने शरीरमा जुकाको प्रवेश थाह पाउन आँखाले न देखे सम्म असम्भव हुन्छ। सुखेको ओबानो शरीरमा भने जुकाको प्रवेश स्पर्षबाट थाहा पाउन सकिन्छ। जीव जनावरहरू तथा मान्छेको आवात जावत गर्ने बाटोमा यो जुका आहाराको प्रतिक्षा गर्छ। कसैको आवागमनको चाल पाउने बित्तिकै छिटो छिटो शरीरमा टाँसीएर रगत चुस्न शुरू गर्छ। करिब आधा घण्टासम्म रगत चुसेर टन्न भुँडी भरेर झर्छ। जुका झरे पछि जुकाले खाएको भन्दा बढी रगत बगेर जान्छ। यो जुका पहाडी प्रदेशमा बैशाख देखि असोज सम्म देखिन्छ। त्यस पछि चिसो र सुखा याममा यो ढुङ्गामुनी अथवा कुनै पनि सेपीलो ठाउँमा बस्छ। भनिन्छ जुकालाई टोकाएर रक्त विकार (रगत खराबीको कारणले हुने) सम्बन्धीका रोगहरू निको बनाउन सकिन्छ। कोहि कोहिले सानो तिनो घाउ खटिरा भएर पाक्न थालेमा जुकालाई त्यो ठाउँमा टोकाउने गरेको देखिन्छ। जुकालाई काटेर जती टुक्रा बनायो त्यती नै जुका बन्दछन् भन्ने भनाई रहेको छ। यो जुकालाग्ने ठाउँमा जानुभन्दा पहिले खुट्टामा टोलीुर, नुन, सुर्तीको पानी दलेर हिंड्यो भने जुका खुट्टामा टाँसिन सक्दैन।

पानी जुका (३)

यो जुका तराई क्षेत्रमा गर्मीयामको बेला पानी जमेको ठाउँमा जस्तै ताल, पोखरी, धानको खेत आदी ठाउँमा पानीमा बस्छ। यो जुका पानीमा माछा जस्तै पौडीन सक्छ, यो जुका पहाडी पानी जुका भन्दा भिन्न प्रजातिको जुका हो। यो जुका पहाडी जुकाको अपेक्षा बिषालु पनि हुन्छ।

हेर्नुहोस्

सन्दर्भ सूचीहरू

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.