हुआन माता (जन्म: १९ डिसेम्बर १९९८) एक स्पेनी व्यावसायिक फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब म्यानचेस्टर युनाइटेड र स्पेन राष्ट्रिय फुटबल टिमको लागि मध्यपङ्क्तिको रूपमा खेल्दछन्।[3][4][5][6]

छरितो तथ्यहरू व्यक्तिगत जानकारी, पुरा नाम ...
हुआन माता
Thumb
सन् २०१६ मा माटा
व्यक्तिगत जानकारी
पुरा नाम हुआन मानुएल माता गार्थिया[1]
जन्म मिति (1988-04-28) २८ अप्रिल १९८८ (उमेर ३६)
जन्म स्थान बुर्गोस, स्पेन
उचाइ १.७० मी[2]
खेल्ने स्थान(हरू) मध्यपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
म्यानचेस्टर युनाइटेड
सङ्ख्या
युवा करियर
१९९८–२००३ रेआल ओबिदो
२००३–२००६ रियल मड्रिड युवा क्लब
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००६–२००७ रियल मड्रिड कास्तिया ३९ (१०)
२००७–२०११ बालेन्सिया फुटबल क्लब १२९ (३३)
२०११–२०१४ चेल्सी ८२ (१८)
२०१४– म्यानचेस्टर युनाइटेड १९६ (३४)
अन्तर्राष्ट्रिय करियर
२००४ १६ वर्ष मुनि (२)
२००४ १७ वर्ष मुनि (१)
२००६–२००७ १९ वर्ष मुनि १३ (१२)
२००७ २० वर्ष मुनि (३)
२००७–२०११ २१ वर्ष मुनि १९ (५)
२०१२ २३ वर्ष मुनि (०)
२००९–२०१६ स्पेन ४१ (१०)
सम्मान
पुरुष फुटबल
 स्पेनको प्रतिनिधित्व गर्दै
फिफा विश्वकप
विजेतासन् २०१० दक्षिण अफ्रिका
युएफा युरोपेली च्याम्पियनसिप
विजेतासन् २०१२ पोल्यान्ड–युक्रेन
फिफा कन्फेडेरेसेन कप
उप-विजेतासन् २०१३ ब्राजिल
Third placeसन् २००९ दक्षिण अफ्रिका
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १६:०२, ११ मार्च २०२१ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १५ नोभेम्बर २०१६
बन्द गर्नुहोस्

सन् १९९८ मा माताले मात्र १० वर्षको उमेरमा रेआल ओबियादो नामक एक स्पेनी फुटबल क्लब मार्फत व्यावसायिक फुटबलमा प्रशिक्षण लिन सुरु गरेका थिए। रेआल माद्रिद कास्तिया नामक एक स्पेनी फुटबल क्लब मार्फत उनले पछि व्यावसायिक फुटबल खेल खेल्न सुरु गरेका थिए जहाँ उनी सन् २००३ मा आवद्ध भएका थिए। सन् २००६ मा उनले स्पेनी फुटबलको दोस्रो सर्वोच्च लिग सेगुन्दा दिबिसिओनको सन् २००६-०७ संस्करणमा टोलीका लागि लिग खेलहरू खेलेका थिए भने त्यस संस्करणको लिगमा क्लबले दोस्रो स्थान प्राप्त गरेको थियो भने उनले क्लबका लागि कुल १० गोल गर्न सफल भएका थिए।[7] सन् २००७-०८ संस्करणको ला लिगका लागि उनी ला लिगाको क्लब बालेन्सियामा आवद्ध भएका थिए भने त्यस वर्षको ला लिगा संस्करणमा उनी उत्कृष्ट युवा खेलाडी बन्न सफल भएका थिए। माताले सन् २००७-०८ संस्करणको कोपा देल रेमा क्लबका लागि उपस्थितिहरू जनाएका थिए भने त्यस वर्षको कोपा देल रे बालेन्सियाले जित्न सफल भएको थियो। सन् २००७ मा माताले बालेन्सियाको तर्फबाट आधिकारिक खेलहरू खेल्न सुरु गरेपछि उनी बालिन्सेयाका मध्यपङ्क्तिको खेलाडीको एक अभिन्न अङ्ग बनेका थिए भने उनले त्यसपछिका ४ संस्करणहरूमा क्लबका लागि कुल १७४ उपस्थितिहरू जनाएका थिए।

सन् २०११ को अगस्ट महिनामा उनी चेल्सी नामक एक अङ्ग्रेजी फुटबल क्लबमा २ करोड २८ लाख युरोको लागतमा चेल्सीमा आवद्ध भएका थिए। सन् २०११ अगस्ट २७ का दिन उनले क्लबका लागि पहिलो आधिकारिक गोल गर्न सफल भएका थिए। चेल्सीमा आवद्ध भएपछिको उनको व्यक्तिगत पहिलो युएफा च्याम्पियन्स लिग र एफए कप जित्न सफल भएका थिए। उक्त संस्करणको प्रिमियर लिगमा उनी सर्वोत्कृष्ट खेलाडीको रूपमा चुनिएका थिए। त्यस वर्ष पछिको युएफा युरोपा लिगको उपाधि पनि चेल्सी हात पारेको थियो जहाँ माताले उपाधि जित्नका लागि महत्त्वपूर्ण योगदान दिएका थिए। सन् २०१२ को फिफा क्लब विश्वकपमा मोन्तिरियाको विरुद्ध चेल्सीको तर्फबाट प्रिमियर लिग, एफए कप, च्याम्पियन्स लिग, क्यापिटल वन कप र क्लब विश्वकपको पहिलो खेलमा गोल गर्न सफल भएका थिए। माताको व्यक्तिगत दोस्रो प्रिमियर लिगदेखि उनले थप सफलताहरू हासिल गर्न सफल भएका थिए। उनले चेल्सीका लागि अघिल्लो संस्करणहरूमा च्याम्पियन्स लिगको खेलमा क्लबका लागि महत्त्वपूर्ण योगदान दिएका थिए जसकारण उनी दोस्रोपटक सर्वोत्कृष्ट खेलाडीको रूपमा चुनिन सफल भएका थिए। सन् २०१३ मे १५ का दिन माताले चेल्सीको तर्फबाट सन् २०१२-१३ को युरोपा लिगको जित्न सफल भएका थिए जसकारण नी क्लबका एक खेलाडी फर्नान्दो तोरेसको साथ च्याम्पियन्स लिग, युरोपा लिग, क्लब विश्वकप र युरोपेली च्याम्पियसिप जित्ने खेलाडी बनेका थिए। सन् २०१४ मा उनी म्यानचेस्टर युनाइटेड नामक एक अङ्ग्रेजी फुटबल क्लबमा आवद्ध भएका थिए जहाँ उनले हालसम्म क्लबका लागि १८० भन्दा बढी उपस्थितिहरू जनाइसकेका छन्।

माता स्पेनका एक अन्तर्राष्ट्रिय फुटबल खेलाडीको रूपमा राष्ट्रिय टोलीको १६ वर्ष मुनिको, १७ वर्ष मुनिको, १९ वर्ष मुनिको, २० वर्ष मुनिको, २१ वर्ष मुनिको, ओलम्पिक टोली र वरिष्ठ राष्ट्रिय टोलीका लागि अन्तर्राष्ट्रिय फुटबल खेलामा प्रतिनिधित्व गर्दछन्। माताले सन् २००४ मा स्पेन १६ वर्ष मुनिको राष्ट्रिय टोलीका तर्फबाट अन्तर्राष्ट्रिय फुटबल खेलजीवनको सुरुवात गरेका थिए भने उनले टोलीका लागि ३ उपस्थितिहरूमा कुल २ गोल गर्न सफल भएका थिए। सन् २००७, क्यानडामा आयोजित फिफा यु-२० विश्वकपमा माताले २० वर्ष मुनिको राष्ट्रिय टोली प्रतिनिधित्व गरेका थिए। सन् २००९ मा माताको स्पेन वरिष्ठ राष्ट्रिय फुटबल टोलीमा पदोन्नति भएको थियो भने सोही वर्ष उनले फिफा कन्फेडेरेसन कपमा राष्ट्रिय टोलीको तर्फबाट वरिष्ठ फुटबल खेलजीवनको सुरुवात गरेका थिए। सन् २००९ सेप्टेम्बर ९ का दिन आयोजित इस्टोनिया विरुद्धको खेलमा माताले वरिष्ठ टोलीको तर्फबाट पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका थिए भने जसकारण सन् २०१० दक्षिण अफ्रिकामा आयोजना हुन लागेको फिफा विश्वकपको संस्करणमा टोली छनोट हुन सफल भएको थियो। त्यस वर्षको फिफा विश्वकप स्पेनले जित्न सफल भएको थियो जहाँ उनले पनि राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने मौका प्राप्त गरेका थिए। सन् २०११ मा उनी पुनः २१ वर्ष मुनिको राष्ट्रिय टोलीमा फर्किएका थिए भने उनले सन् २०११ को युएफा युरोपेली यु-२१ फुटबल च्याम्पियनसिपमा टोलीलाई उक्त प्रतियोगिताको उपाधि जिताउनका लागि महत्त्वपूर्ण योगदान दिएका थिए जुन प्रतियोगितालाई डेनमार्कमा आयोजना गरिएको थियो। सन् २०१२ मा उनी युएफा युरोपा लिग खेल्नका लागि राष्ट्रिय टोलीमा फिर्ता भएका थिए। उक्त प्रतियोगिताको अन्तिम खेलमा उनी अतिरिक्त खेलाडीको रूपमा मैदान भित्रिँदै इटालीको विरुद्ध गोल गर्न सफल भएका थिए जसकारण राष्ट्रिय टोलीको ४-० गोल अन्तरले जित हासिल गर्दै उक्त प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो।

क्लब खेलजीवन

अन्तर्राष्ट्रिय खेलजीवन

Thumb
सन् २०१२ को युएफा युरो कप जितेपछि माता जित उत्सव मनाउँदै (बीचमा)

माताले सन् २००४ मा स्पेन १६ वर्ष मुनिको राष्ट्रिय टोलीका तर्फबाट अन्तर्राष्ट्रिय फुटबल खेलजीवनको सुरुवात गरेका थिए भने उनले टोलीका लागि ३ उपस्थितिहरूमा कुल २ गोल गर्न सफल भएका थिए। सन् २००६, पोल्यान्डमा आयोजित युएफा युरोपेली यु-१९ फुटबल च्याम्पियन्सिप नामक एक अन्तर्राष्ट्रिय प्रतियोगितामा माताले १९ वर्ष मुनिको राष्ट्रिय टोलीलाई उक्त प्रतियोगिताको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।[8] उक्त प्रतियोगितामा माता सर्वाधिक गोल गर्न सफल खेलाडीको दोस्रो स्थानमा रहेका थिए भने उक्त प्रतियोगितामा सर्वाधिक ५ गोल आल्बेर्तो बुयेनोले गरेका थिए भने माताले ५ खेलहरूमा कुल ४ गोल गर्न सफल भएका थिए। सन् २००७ फेब्रुअरी १ का दिन २१ वर्ष मुनिको राष्ट्रिय टोलीका प्रशिक्षक इन्याकी सायसले मातालाई इङ्ल्यान्डको विरुद्ध आयोजित एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि छनोट गरेका थिए भने उनको साथसाथै रोबेर्ते सोलदादो, होसे मानुएल, सेर्हिओ सान्चेस, मागुएल तोरेस, आन्तोनिओ आदेन लगायतका खेलाडीहरू पनि छनोट भएका थिए। सन् २००८ नोभेम्बर १४ का दिन वरिष्ठ राष्ट्रिय टोलीका प्रशिक्षक बिसेन्ते देल बोस्केले मातालाई चिलेका विरुद्ध आयोजित एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नका लागि छनोट गरेका थिए भने उक्त खेल राष्ट्रिय टोलीले ३-० गोल अन्तरले जित्न सफल भएको थियो। सन् २००९ मार्च २८ का दिन उनले राष्ट्रिय टोलीको तर्फबाट अन्तर्राष्ट्रिय खेलजीवनको सुरुवात गर्ने मौका प्राप्त गरेका थिए जहाँ उनले सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजना हुन लागेको फिफा विश्वकपको छनोट खेलमा तुर्कीको विरुद्ध पर्दापण गरेका थिए। स्पेनको मड्रिडमा आयोजित खेलराष्ट्रिय टोलीले १-० गोल अन्तरले जित्न सफल भएको थियो। सन् २००९ मा आयोजना गरिएको फिफा कन्फेडेरेसन कपमा राष्ट्रिय टोलीका प्रशिक्षण देल बोस्केले मातालाई राष्ट्रिय टोलीको एक खेलाडी को रूपमा स्थान दिएका थिए भने उनलाई कनफेडेरेसन जस्तो ठूलो प्रतियोगितामा भाग लिने सौभाग्य प्राप्त भएको थियो।[9] उक्त प्रतियोगिताको समूह चरणको खेलमा माताले इराको विरुद्ध आयोजित खेलमा सहभागिता जनाएका थिए भने राष्ट्रिय टोली संयुक्त राज्य अमेरिका विरुद्धको खेलमा पराजित हुँदै सेमिफाइनलबाट बाहिरिन पुगेको थियो।

सन् २००९ सेप्टेम्बर ९ का दिन आयोजित इस्टोनिया विरुद्धको खेलमा माताले वरिष्ठ टोलीको तर्फबाट पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका थिए भने जसकारण सन् २०१० दक्षिण अफ्रिकामा आयोजना हुन लागेको फिफा विश्वकपको संस्करणमा टोली छनोट हुन सफल भएको थियो। त्यस वर्षको फिफा विश्वकप स्पेनले जित्न सफल भएको थियो जहाँ उनले पनि राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने मौका प्राप्त गरेका थिए।[10] सन् २०११ मा डेनमार्कमा आयोजित युएफा युरोपेली यु-२१ च्याम्पियन्सिपमा २१ वर्ष मुनिको राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्नकम लागि पुनः २१ वर्ष मुनिको राष्ट्रिय टोलीमा फिर्ता भएका थिए। उक्त प्रतियोगिताको अन्तिम खेलमा राष्ट्रिय टोलीले स्वीट्जरल्यान्डलाई पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको थियो भने माताले प्रतियोगिता अवधिमा उत्कृष्ट प्रदर्शन गरेका कारण प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्न सफल भएका थिए। सन् २०१२ मा उनी युएफा युरोपा लिग खेल्नका लागि राष्ट्रिय टोलीमा फिर्ता भएका थिए।[11] उक्त प्रतियोगिताको अन्तिम खेलमा उनी अतिरिक्त खेलाडीको रूपमा मैदान उत्रिदै इटालीको‍ विरुद्ध गोल गर्न सफल भएका थिए जसकारण राष्ट्रिय टोलीको ४-० गोल अन्तरले जित हासिल गर्दै उक्त प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो। माताले वरिष्ठ राष्ट्रिय टोलीका लागि हालसम्म ४० भन्दा बढी उपस्थितिहरू जनाइसकेका छन्।

खेलजीवन तथ्याङ्क

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.