क्यानडेली गायक,गितकार तथा अभिनेता From Wikipedia, the free encyclopedia
जस्टिन द्रू बीबर[7] (जन्म मार्च १, १९९४), एक क्यानेडाली गायक, गीतकार र अभिनेता हुन।[2][4] बीबर २००८ मा स्कुटर ब्रन द्वारा पत्ता लगाईएका हुन,[8] जसले युट्युबमा बीबरको भिडियो हेरेका थिए र पछि उनैको प्रबंधक बने। ब्रनले उनलाई अटलांटा, जर्जियामा अस्सर सँग भेट्ने व्यवस्था मिलाईदिए र बीबर रेमंड ब्रन मिडिया ग्रूप (आर बि एम जि), ब्रन र अस्सर को संयुक्त कम्पनि, सँग अनुबन्धित भए,[9] र त्यस पछि एल. ए. रीड को प्रस्तावमा आइल्यान्ड रेकर्ड्स सँग रेकर्डिंग गर्ने मौका पनि पाए।[5][10] बीबरको पहिलो एकल गीत, "वान टाईम (गीत)|वान टाईम", २००९मा निस्केको थियो र क्यानाडामा शीर्ष दसमा र धेरै अन्तर्राष्ट्रिय बजारमा शीर्ष तीसमा उक्लिन सफल भएको थियो। उनको पहिलो एल्बम, सात ट्र्याक भएको - "माई वर्ल्ड", नोभेम्बर २००९मा जारी गरियो, जुन संयुक्त राज्य अमेरिकामा प्ल्याटिनम प्रमाणित भयो। उनी आफ्नो पहिलो एल्बमबाट सातवटा गीत बिलबोर्ड हट १००मा हुने पहिलो कलाकार बन्न पुगे।[11]
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
जस्टिन बीबर | |
---|---|
व्यक्तिगत विवरण | |
वास्तविक नाम | जस्टिन ड्रिउ बीबर |
जन्म | स.न् १९९४ मार्च १[1] लन्डन, ओन्टारियो, क्यानडा |
उत्पत्ति | स्ट्र्याट्फर्ड, ओन्टारियो, क्यानडा |
विधा | पप, आर एण्ड बि, टिन पप[2][3][4] |
पेशा | गायक, संगीतकार, अभिनेता |
वाद्ययन्त्र | आवाज, गिटार, पियानो, प्रिकस्सन,[5] ट्रम्पेट[6] |
सक्रिय वर्ष | २००८–हाल |
लेबल | आइल्यान्ड, आर बि एम जि |
सहयोगी | अस्सर |
वेबसाइट | justinbiebermusic.com |
बीबरको पहिलो पुर्ण स्टुडियो एल्बम, "माई वर्ल्ड २.०", मार्च २०१०मा जारी भएको थियो। यो धेरै देशहरूमा नं. एक या शीर्ष दस भित्र पर्न सफल भएको थियो र संयुक्त राज्य अमेरिकामा प्ल्याटिनम प्रमाणित भएको थियो। यो एल्बमभन्दा पहिले बीबरको निक्कै चर्चित र संसारभरको शीर्ष दसमा पर्ने गीत, "बेबी" निस्किएको थियो। "बेबी"को भिडियो युट्युबमा हालसम्मकै सबैभन्दा धेरै पटक हेरिएको र सबैभन्दा बढि चर्चा भएको भिडियोको रूपमा क्रमित छ।[12] आफ्नो पहिलो एल्बम निकाले पछि बीबरले आफ्नो पहिलो टुर - "माई वर्ल्ड टुर" गरे, रिमिक्स एल्बमहरू "माई वर्ल्डस अकस्टिक" र "नेभर से नेभर - द रिमिक्सेस" निकाले, र ३ डी कन्सर्ट फिल्म पनि जारी गरे। बीबरले आफ्नो दोस्रो स्टुडियो एल्बम, "अन्डर द मिसलटो" नोभेम्बर २०११मा निकाले, जुनले "बिलबोर्ड २००"मा नम्बर एकमा डेब्यु गर्यो। बीबरले थुप्रै पुरस्कारहरू पनि पाएका छन जस्तै २०१०को "अमेरिकी संगीत पुरस्कार"मा वर्षको कलाकार र धेरै पुरस्कारको लागि नामांकित भएका छन। ५३औँ ग्र्यामी पुरस्कार मा सर्वश्रेष्ठ पप गायन एल्बम र सर्वश्रेष्ठ नयाँ कलाकार।
▪ माई वर्ल्ड 2.0
▪ अन्डर द मिसलटो
▪ विलिभ
▪ पर्पस
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.