जयपुर
From Wikipedia, the free encyclopedia
जयपुर उच्चारणⓘ जसलाई गुलाबी नगर को नाम ले पनि जानिन्छ, भारतमा राजस्थान राज्यको राजधानी हो । आमेरको तौरमा यो जयपुर नामले प्रसिद्ध प्राचीन रजवाडा को पनि राजधानी रहेको थियो । यस शहरको स्थापना १७२८ मा आमेरको महाराजा जयसिंह द्वितीय ले गरेका थिए । जयपुर आफ्नो समृद्ध भवन निर्माण-परम्परा, सरस-संस्कृति र ऐतिहासिक महत्त्व को लागि प्रसिद्ध छ ।[1] यो शहर तीनै तर्फबाट अरावली पर्वतमालाले घेरिएको छ ।[2] जयपुर शहरको पहिचान यहाँको घर र पुरानो घरहरूमा भएको गुलाबी धौलपुरी ढुङ्गाले हुन्छ जुन यहाँको स्थापत्यको खुवी हो । सन् १८७६ मा तत्कालीन महाराज सवाई रामसिंहले इङ्ल्याण्डको महारानी एलिजाबेथ प्रिंस अफ वेल्स युवराज अल्बर्टको स्वागत मा पुरा शहरलाई गुलाबी रङ्गले आच्छादित गराएका थिए । त्यहीदेखि शहरको नाम गुलाबी शहरी रहेको छ ।
जयपुर
जयपुर | |
---|---|
उपनाम: गुलाबी शहर | |
जनसङ्ख्या (2011) | |
• जम्मा | ६,६६३,९७१ |
शहर चारै तर्फबाट ढोका र परकोटले घेरिएको छ, जसमा प्रवेशको लागि सात ढोका छ । पछि अर्को द्वार पनि बनियो जुन 'न्यू गेट' भनिन्छ ।[3] पुरा शहर करीब छ भागमा बाटिएको छ र यो १११ फुट (३४ मी.) चौडाइ सडकले विभाजित छ । पाँच भाग मध्य प्रासाद भागलाई पूर्वी, दक्षिणी एवं पश्चिमी तर्फबाट घेरिएको छ र छैटौँ भाग एकदम पुर्वमा स्थित छ । प्रासाद भागमा हवा महल परिसर, व्यवस्थित उद्यान एवं एक छोटो झील छ । पुरानो शहको उत्तर-पश्चिमी तर्फ पहाडीमा नाहरगढ दुर्ग शहर मुकुटको समान देखिन्छ । यस बाहेक यहीँ मध्य भागमा सवाई जयसिंह द्वारा बनाइएको वेधशाला, जन्तर मन्तर, जयपुर पनि छ ।