जनक
सीताका पिता / From Wikipedia, the free encyclopedia
राजा जनक (संस्कृत: जनक,तेलगु: జనకుఁడు,तमिल: ஜனகன், थाइ: ชนก) अथवा राजर्षि जनक प्राचीन राज्य मिथिलाका ऐतिहासिक राजा थिए। राजा जनकको राजधानी हाल नेपालको धनुषा जिल्ला स्थित जनकपुर शहरमा रहेको थियो । उनको राज्य मिथिला ऐतिहासिक रूपमा गण्डकी नदीको पूर्व, महानन्द नदीको पश्चिम, गंगा नदीको उत्तर र हिमालयको दक्षिणमा अवस्थित रहेको थियो। राजा जनकले लगभग ८ वा ७ औं शताब्दी ईसा पूर्वमा मिथिला क्षेत्रमा रहेको मानिन्छ।
राजा हुँनुका बावजुत सांसारिक मोह र बन्धनबाट मुक्त भइ राज्य गरेकाले यिनको प्रसिद्धी राजर्षि को रुपमा पनि चिनिन्छ । अष्टावक्र र सुलभा जस्ता ऋषिहरू र साधकहरूसँगको उनको अन्तरक्रिया पुरातन ग्रन्थहरूमा पाईन्छ। उनको वर्णन महाकाव्य रामायणमा सीताका पिताको रूपमा रहेको छ। राजा जनकलाई भौतिक सम्पतिमा आसक्ति नहुने एक आदर्श उदाहरणको रूपमा सम्मान गरिन्छ। उहाँ आध्यात्मिक प्रवचनमा गहिरो रुचि राख्नुहुन्थ्यो र आफूलाई सांसारिक भ्रमबाट मुक्त ठान्थे। आफ्नी धर्मपुत्री सीतासँगको उनको सम्बन्धले उनलाई जानकी भनिन्थ्यो। नेपालको जनकपुर सहर उनको र उनकी छोरी सीताको नामबाट राखिएको छ।
यिनी नेपालका एक राष्ट्रिय विभूति पनि हुन्।