धनुषा जिल्ला
नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलमा अवस्थित घनाबस्ती भएको उर्वर जिल्ला हो / From Wikipedia, the free encyclopedia
धनुषा नेपालको मधेश प्रदेशमा अवस्थित घनाबस्ती भएको उर्वर जिल्ला हो। नेपालको मध्यपूर्वको दक्षिणी भागमा भारतीय सीमासँग च्यापिएर रहेको धनुषा जिल्ला पूर्ण रूपमा नेपालको तराई प्रदेशमा पर्दछ। नेपालको कूल भूभागको ०.८०% भाग, कुल जनसङ्ख्याको २.९% ओगटी जनसङ्ख्याको क्रममा पाँचौ स्थानमा पर्ने तथा विभिन्न ९३ जातजाति पाइएको यस धार्मिक क्षेत्रले आफू भित्र समेटेको भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधताले यस जिल्लालाई देश विदेशमा परिचित गरएको छ। भारतको सीमावर्ती शहर जयनगरसम्म पुग्ने नेपालको एक मात्र रेलसेवाले पनि यस जिल्लाको महत्त्वलाई बढाएको छ।
छरितो तथ्यहरू धनुषा जिल्ला ...
धनुषा जिल्ला |
---|
बन्द गर्नुहोस्