चाप
From Wikipedia, the free encyclopedia
चाप (Pressure) भन्नाले प्रतिएकाइ क्षेत्रफलमा लम्बिय दिशाबाट लागेको बललाई बुझाउँछ । यसले बलको प्रभावलाई देखाउँछ। एसआइ प्रणालीमा यसको नाप्ने एकाइ न्युटन प्रति वर्गमिटर या पास्कल हो । यदि १ वर्गमीटर क्षेत्रफलमा १ न्युटन बल लाग्छ भने त्यसबाट उत्पन्न हुने चाप १ पास्कल हुन्छ । कुनैपनि बस्तुमा उत्पन्न हुने चाप त्यस बस्तुको सतहको क्षेत्रफल र त्यस बस्तुमा लागेको बलसँग निर्भर रहन्छ ।