From Wikipedia, the free encyclopedia
भौतिक विज्ञानमा, बल, निर्विरोध रहदा, कुनै अन्तरक्रिया हो जसले बस्तुको चाललाई बदल्छ। बलले पिण्ड भएको वस्तुको गति परिवर्तन गर्न सक्दछ (सुरुमा अचलबाट चल अवस्थामा लान पनि जसमा पर्छ), अर्थात्, प्रवेगमा ल्याउछ। अन्तर्ज्ञानले भन्नु पर्दा, बल घच्डनु वा तान्नु हो। बलसँग दुबै परिमाण र दिशा छ, यसैले यो भेक्टर मात्रा हो। यो एसआई एकाई न्यूटनमा मापन गरिन्छ र यसको प्रतिनिधित्व F चिन्हले गर्दछ।
न्यूटनको चालसम्बन्धी दोस्रो नियमाका आधारमा भन्ने हो भने बल भनेको कुनै पनि बस्तुमा उत्पन्न हुने मोमेन्टमको परिवर्तनको दर हो।[1] यसको एसआई आधार न्यूटन हो।
मुख्य लेख : न्युटनको गति नियम
बेलायतका प्रसिद्ध बैज्ञानिक न्यूटनले चालसम्बन्धी यी नियमहरु बनाएका छन्।
कुनै पनि बस्तुमा बाहिरी बल प्रयोग नभएसम्म त्यो बस्तुले आफ्नो पूर्व अवस्था छोड्दैन। यसलाई न्यूटनको चालसम्बन्धी पहिलो नियम भनिन्छ। वा बाहिरी बल प्रयोग नभएसम्म चाल अवस्थामा भएको बस्तु चालमा नै र स्थिर अवस्थामा भएको बस्तु स्थिर अवस्थामै रहन्छ।
दोस्रो नियमले कुनै पनि बस्तुको मोमेन्टमको परिवर्तनको दर त्यसमा लागाइएको खुद बलसँग बराबर हुन्छ भन्छ।
परिभाषाअनुसार:
जहाँ m बस्तुको पीण्ड हो भने भनेको बस्तुको गति हो।
न्यूटनको चालसम्बन्धी यो दोस्रो नियमलाई बलको परिभाषाको रूपमा लिइन्छ।
हरेक कार्यमा बराबर तर विपरीत प्रतिक्रिया हुन्छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.