चलचित्र
From Wikipedia, the free encyclopedia
'चलचित्र, सिनेमा वा फिल्म एक प्रकारको सञ्चार माध्यम हो जसमा चल्ने चित्र र आवाजको प्रयोग गरेर कथालाई प्रस्तुत गरिन्छ। संसारभरका मानिसहरू मनोरञ्जनका लागि चलचित्र हेर्दछन्। धेरैजसो चलचित्रहरू यसरी बनाइन्छ कि ठुला पर्दा भएका सिनेमाघर वा चलचित्र भवनमा देखाउन सकियोस।
विषेशत चलचित्रलाई यसरी परिभाषित गर्न सकिन्छ चलचित्र भनेको मनोरञ्जनको सञ्चारमा मात्र सिमित नरही कुनैपनि ब्यक्तिमा लुकेर रहेको अन्तरनिहित प्रतिभालाई क्रमश प्रस्टफुटित गर्ने माध्यमलाई चलचित्र भनिन्छ। -
-
१९औं शताब्दीबाट नै ग्रीक चलचित्रको निर्माणका लागि विभिन्न अनुसन्धान भएतापनि चलचित्रको शुरुवात सन् १९९५ मा फ्रान्सबाट भएको हो। जसको निर्माण अगष्ट लुमिएर र लुई लुमिएर नाम गरेका दुई फ्रान्सेली दाजुभाईहरूले गरेका थिए।[1] सन् १८२४ मा पिट् मार्क रोगटले फोटोहरूलाई नै छिटो–छिटो घुमायो भने वास्तवमै चलिरहेको (मूभ) भ्रम दिन सक्छ भन्ने धारणा राखेपछि चलचित्रको बारे सोच्न र काम गर्न थालियो। सन् १८९५ मा यसै सिद्धान्तमा आधारित रहेर लुमियर दाजुभाइले एउटा कारखानाको तस्वीरहरू खिचेर मूभिङ इमेजका रूपमा प्रस्तुत गरे। शुरूका यस्ता चलचित्रमा ध्वनि हुँदैन थियो ।[2] and its sexist treatment of women.[3][4] १९२७ मा बनेको द ज्याज् सिंगर ध्वनिसहितको पहिलो चलचित्र हुन पुग्यो। त्यसअघि नै सन् १९१३ मा भारतमा दादा साहेब फाल्केले राजा हरिश्चन्द्र नामक अमूक(ध्वनि नभएको) चलचित्र बनाएर एसियामा सिनेमा सम्बन्धी उत्सुकता बढाइसकेका थिए।
नेपाली भाषामा वि सं २००६ मा मात्रै चलचित्र बने पनि, नेपाली लाई चलचित्रको परिचय गराउने श्रेय तत्कालिन प्रधान मन्न्री देव शमसेर लाई जान्छ । वि सं १९५८ तिर नै टुडिखेलमा उन्ले तमासाको रूपमा 'मुभी' देखाउन लगाएका प्रमाणहरू देखिन्छ । यसको विग्यापन गोर्खापत्रको पहिलो अंकमा देख्न पाईन्छ ।