चन्द्र शमशेर जङ्गबहादुर राणा
From Wikipedia, the free encyclopedia
चन्द्र शमशेर (वि.सं. १९२० असार २६[1]-वि.सं. १९८६ मङ्सिर ११) राणा शासनका पाचौँ श्री ३ महाराज तथा नेपालका १३औँ प्रधानमन्त्री हुन्। यिनी आफ्ना दाजू देव शमशेरलाई सत्ताबाट च्यूत गरी धनकुटा तिर लखेटेर श्री ३ को पदमा विराजमान भएका थिए। चतुर र केही हदसम्म सुधारक देखिएका यिनी निकै लामो समयसम्म (झण्डै २८ वर्ष) नेपालको प्रधानमन्त्री रहे। पहिलो विश्वयुद्ध ताका यिनी नेपालका प्रधानमन्त्री थिए। यिनले बेलायती सेनाको तर्फबाट लड्न ठुलो सङ्ख्यामा नेपाली सेना पठाएका थिए।
छरितो तथ्यहरू चन्द्र शमशेर जङ्गबहादुर राणा, १३औँ प्रधानमन्त्री (नेपाल) प्रधानमन्त्री ...
चन्द्र शमशेर जङ्गबहादुर राणा | |
---|---|
१३औँ प्रधानमन्त्री (नेपाल) प्रधानमन्त्री | |
कार्यकाल वि.सं. १९५८ साउन १३ – वि.सं. १९८६ मङ्सिर ११ | |
एकाधिपति | पृथ्वी वीर बिक्रम शाह त्रिभुवन वीर बिक्रम शाह |
पूर्वाधिकारी | देव शमशेर |
उतराधिकारी | भिम शमशेर |
व्यक्तिगत विवरण | |
जन्म | वि.सं. १९२० असार २५ |
मृत्यु | वि.सं. १९८६ मङ्सिर ११ |
अभिभावक |
|
बन्द गर्नुहोस्