![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/b/b3/Chrysanthemum_sp.jpg/640px-Chrysanthemum_sp.jpg&w=640&q=50)
गोदावरी फूल
From Wikipedia, the free encyclopedia
गोदावरी (अँग्रेजी नाउँ: mums or chrysanths[4]) एउटा फूलको प्रजाति हो। यो फूल नेपालको प्रसिद्ध फूल हो।
गोदावरी फूल Chrysanthemum indicum | |
---|---|
![]() | |
Chrysanthemum sp. | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | वनस्पति जगत |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | Asterids |
गण: | Asterales |
कुल: | Asteraceae |
उपकुल: | Asteroideae |
वंश: | Anthemideae |
वंश: | Chrysanthemum |
प्रजातिहरू | |
Chrysanthemum indicum L. L.[1][2] | |
प्रजातिहरू | |
प्रजातिहरू हेर्नुहोस् | |
पर्याय[3] | |
|
विशेष गरी असोज-कार्तिक महिनामा यो पूर्ण रूपमा फुल्छ। जापानको राष्ट्रिय फूल गोदावरी विश्वभरि सजावटका र पुष्पविन्यासका लागि प्रख्यात छ। घर घर मै सजिलै फुलाउन सकिने यो फूलको सजावट करिब एक हप्तासम्म ताजा रहन्छ।गमला अथवा जमिनमा रोप्न सकिने यो फूल लागि पानीको निकास राम्रो हुनुपर्छ। रोपेको १ महिनाभित्रै फूल दिन थाल्ने यसको बोटलाई दह्रो खालको झिक्राको समर्थन दिनु राम्रो हुन्छ। धेरै फूल फुलाउन कोपिला टिप्नु हुँदैन भने ठूलो फूल फुलाउनु छ भने कोपिला टिप्नुपर्छ। यसको फूललाई रात्रि कीराले असर गर्न सक्छ। यसको बोट ३ फिटसम्म अग्लो हुन्छ। यसका लागि गोबर मल उपयुक्त हुन्छ। चीनमा यसको ६ हजार ५ सय, जापानमा १९ हजार तथा नेपालमा २ सय प्रजाति पाइन्छन्।
चीन को रैथाने फूल यहिँबाट सारा संसारमा फैलिएको मानिन्छ तर यसलाई जापानीहरूले प्रसिद्दि दिलाएका हुन्।यो फूललाई चिनियाँहरूले औषधीका रूपमा प्रयोग गर्न खेती गरेका थिए र १७ औँ शताब्दीतिर युरोपमा यो फूलको व्यावसायिक खेती सुरु भएको थियो। नेपालमा यसको प्रचलन तथा सुरुवात भएको समयको यकिन नभए पनि हिन्दि मा 'गुलदाउदि' भनिने भएकोले यो नाम हिन्दि भाषाबाट आएको हुनुपर्नेमा पुष्प विशेषग्यहरू सहमत छन्।
चीनमा यसलाई "चार भलादमी" मा गणना गरिन्थ्यो र यो फूललाई राजकिय मान्यता प्राप्त थियो। जापानमा त यो सर्वोच्चताको प्रतीक नै मानिन्छ । जापानी राज सिँहासनको नाम नै "Chrysanthemum Throne" हो र सरकारी छाप "Chrysanthemum seal" हो भने सर्वोच्च पदक यसको नाममा रहेको छ ।