खरसाङ
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
खरसाङ भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङ जिल्लामा रहेको एउटा नगरपालिका हो। यो खरसाङ उपविभागको सदरमुकाम हो। खरसाङ दार्जिलिङ देखि ३२ किलोमिटर (२० माइल) टाढा छ र यो सहर सिलिगुडी देखि ३४ किलोमिटर (२१ माइल) टाढा छ।
खरसाङ | |
---|---|
निर्देशाङ्क: २६°५२′४०″उ॰ ८८°१६′३८″पू॰ | |
देश | भारत |
राज्य | पश्चिम बङ्गाल |
जिल्ला | दार्जिलिङ |
सरकार | |
• प्रकार | नगरपालिका |
• अङ्ग | खरसाङ नगरपालिका |
क्षेत्रफल | |
• जम्मा | ७.५० किमी२ (२.९० वर्ग माइल) |
उन्नतांश | १५०० मिटर (४९०० फिट) |
जनसङ्ख्या (सन् २०११) | |
• जम्मा | ४२४४६[2] |
भाषाहरू | |
• आधिकारिक | नेपाली[3] |
समय क्षेत्र | युटिसी+०५:३० (भारतीय मानक समय) |
वेबसाइट | आधिकारिक वेबसाइट |
खरसाङको नामको उत्पत्ति अस्पष्ट छ; कथाहरूले सुझाव दिन्छ कि यो लेप्चा भाषाको शब्द कर्सन-रिप (सानो सुनगाभा) बाट आएको हो किनभने यस उपत्यकाभरि सेता सुनगाभाहरू (चाँदीगाभा) फूल्छन। यसको अर्को अर्थ एक प्रकार को लौरोको नामबाट पनि हुनसक्ने अनुमान लगाइएको छ।[4]
खरसाङको मूल बासिन्दाहरू लेप्चाहरू थिए, जसले आफ्नो घरको नाम "कर्सियाङ" राखेका थिए, किनभने हरेक वसन्तमा यस ठाउँमा कर्सन-रिप सुनगाभाहरू फूल्ने गर्थे। सुदूर विगतमा, अङ्ग्रेजहरू भारतमा आउनुभन्दा अघि पनि खरसाङ सिक्किम राज्यको हिस्सा थियो। यद्यपि, लगभग १७८० मा नेपाल अधिराज्यले खरसाङ र यसको वरपरका क्षेत्रहरूलाई कब्जा गर्यो। त्यसपछि गोर्खा युद्ध आयो, जसमा नेपालीले पराजित भए। १८१७ को टाइटलिया सन्धिले खरसाङलाई सिक्किममा पुनर्स्थापित गर्यो।[5]
सन् २०११ २०११ मा खरसाङ नगरपालिकाको जनसङ्ख्या ४२,४४६ थियो। खरसाङ ब्लक मा ग्रामीण क्षेत्रको जनसङ्ख्या ९४,३४७ थियो।[2]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.