क्वेटा
From Wikipedia, the free encyclopedia
क्वेटा (पस्तो: کوټهcode: ps is deprecated ) (उर्दु: کوئٹہ) ([kʷɛʈə]) पाकिस्तानको बलुचिस्तान प्रदेशको राजधानी र सबैभन्दा ठूलो सहर हो । सन् १९३५ गएको भुकम्पले क्वेटा सहरलाई क्षतिग्रस्त बनाएको थियो नर पछि सहरलाई पुण निर्माण गरियो । सन् २०१७ को जनगणना अनुसार एस सहरको जनसङ्ख्या १,००१२,०५ रहेको छ भने क्वेटा जिल्लाको जनसङ्ख्या २२,७५६,९९ रहेको छ । क्वेटा सहर समुन्द्री सतह भन्दा १,६८० मिटर (५,५१० फिट) को उचाइमा रहेको हुनाले यस सहर पाकिस्तानको सबैभन्दा उचाइ रहेको सहरको रूपमा रहेको छ । यस सहरमा विभिन्न किसमका फलफूल पाहिने हुँदा यस सहरलाई पाकिस्तानको फलफूल बगैंचा भनिन्छ ।
क्वेटा
शालकोट شالکوټ | |
---|---|
नगरपालिका | |
नामकरण: Pashto: Kwaṭa (fortress) | |
उपनाम: सानो लण्डन | |
देश | पाकिस्तान |
क्षेत्र | बलुचिस्तान |
जिल्ला | क्वेटा |
सरकार | |
• प्रकार | नगरपालिका निगम[1] |
• मेयर | डा. कलिमुल्ला खान[2] |
• उप-मेयर | योनुस बलुच्स |
क्षेत्रफल | |
• जम्मा | ३,५०१ किमी२ (१३५२ वर्ग माइल) |
उन्नतांश | १,६८० मिटर (५,५१० फिट) |
जनसङ्ख्या (२०१७)[3] | |
• जम्मा | १००१२०५ |
• मुलवासी नाम | क्वेटान |
समय क्षेत्र | युटिसी+०५:०० (पाकिस्तानी समय) |
जिप कोड | 87xxx |
क्षेत्रीय सङ्केत | ०८१ |
यो सहर बलुचिस्तान प्रदेशको उत्तर तर्फ अफगानिस्तान र पाकिस्तानको सिमा क्षेत्रमा रहेको हुँदा क्वेटा व्यापार र सञ्चारको माध्यम बनेको छ । यो सहर बोलन पास नजिक छ जुन मध्य एसिया र दक्षिण एसियाको प्रमुख प्रवेसद्वारको रूपमा रहेको छ । क्वेटा सहरले पाकिस्तान सैनिकहरूको लागि महत्त्वपूर्ण भुमिका खेलेको छ जहाँ सैनिकहरूले पाकिस्तान र अफगानिस्तानको सिमाना क्षेत्रमा निगरानी राख्छन् ।