क्योटो
जापानमा स्थित शहर / From Wikipedia, the free encyclopedia
क्योटो (京都市, Kyōto-shi?, pronounced [kʲjoːꜜto.ɕi] ( सुन्नुहोस्); ब्रिटिस: /kɪˈoʊtoʊ/, अमेरिकी: /kiˈoʊ-/, वा /ˈkjoʊ-/[1]) होन्शु टापुको मध्यमा अवस्थित जापानको एक महानगर हो । क्वामू शासन कालमा यस सहरलाई 'हे यान जो' अर्थात् 'शान्तिको नगर' को संज्ञा दिइएको थियो । ११औँ शताब्दी सम्म क्योटो जापानको राजधानी थियो र आज पनि पश्चिमी प्रदेशको राजधानी हो । यस सहरलाई आधुनिकीकरण तथा यसको पुनर्संरचनाको लागि सन् १८९० मा यस नगरसँगै रहेका बिवा ताललाई लगभग ७ माइल लामो नहरद्वारा बाँधियो र आकर्षक बनाइयो । यो सहरलाई आज पनि हजारौ वर्षको राजधानी भन्ने गरिन्छ ।
क्योटो
京都市 | |
---|---|
नगर | |
क्योटो शहर | |
देश | जापान |
क्षेत्र | कानसाई |
पर्फेक्चर | क्योटो पर्फेक्चर |
सरकार | |
• मेयर | दाइसाकु कादोकावा |
क्षेत्रफल | |
• जम्मा | ८२७.९० किमी२ (३१९.६५ वर्ग माइल) |
जनसङ्ख्या (अक्टोबर १, २०१५) | |
• जम्मा | १,४७४,५७० |
• घनत्व | १८००/किमी२ (४६००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+९ (जापानको प्रमाणिक समय) |
- रुख | जापानी मेपल आ कस्तुरा |
- फूल | Camellia, Azalea and Sugar Cherry |
फोन नम्बर | ०७५-२२२-३१११ |
ठेगाना | 488 Teramachi-Oike, Nakagyō-ku, Kyōto-shi, Kyōto-fu 604-8571 |
वेबसाइट |
विशाल मन्दिरहरू, कलात्मक भवनहरूको लागि क्योटो सम्पूर्ण जापानमा प्रसिद्ध छ । यहाँ रेशमको कपडा, चिनिया माटोको भाडा, खेलौना र अन्य प्रकारका धातुका भाडाकुडाको उद्योग अधिक विकसित छन् । यो जापानमा बौद्ध धर्मको सबैभन्दा ठुलो केन्द्र हो ।