![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/b/b9/BP_Koirala.jpg/640px-BP_Koirala.jpg&w=640&q=50)
कोइराला
नेपाली आर्यवर्गको एक प्रसिद्ध थर / From Wikipedia, the free encyclopedia
नेपालमा बसोबास गर्ने बाहुन तथा क्षेत्रीको एक थर हो । यो थरको गोत्र- मौदगल्य हुन्छ। कोइराला खसबाट उत्पत्ति भएको समुह हो । वि.सं. ४१५ मा, हालको सूदूरपश्चिम प्रदेश, अछाम जिल्लाको बान्नीगढी–जयगढ गाउँपालिकाको जनाली भन्ने स्थानमा सविता भट्टका छोरा लम्बोदर भट्टको आगमन भएको थियो । कोइराला वंशलतामा मुद्गलदेखि ६५ औं पुस्तामा लम्बोदर भट्टलाई राखिएको छ । लम्बोदरका छोरा लालु र नातिहरू ईश्वरदेव, विश्वदेव र बासुदेवलाई मानिन्छ । यी नै मध्येका ईश्वर देव ले राणा सरकार बाट कोइराली माडी भन्ने गाउँ बिर्ता पाएर त्यहाँ बसोबास गर्न गएका थिए । त्यो बिर्ता पाएर गए देखि उनका सन्तान को थर कोइराला रहन गयो। त्यस बिर्तामा बसोबास गरि अन्यत्र पुगेका उन का सबै सन्तान कोइराला हुन् ।
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
![]() | यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (जुन २०११) |