के-पप
From Wikipedia, the free encyclopedia
के-पप (कोरियाल: 케이팝, कोरियन पप को लघु रुप) दक्षिण कोरियाबाट विकास भएको सांगीतिक रुप हो । नब्बेको दशकबाट नै केपपको विकास हुदैँ आएपनि सन् २०००बाट चर्चित हुन आएको हो, जसअघि केपपको सट्टामा गायो (가요) शब्दको प्रयोग गरिन्थ्यो । केपप अन्तर्गत रक, ज्याज, गोसपेल, हिप हप, आर&बी, इलेक्ट्रोनिक डान्स, फोल्क, कन्ट्री पर्दछन् भने उक्त संगीतमा कोरियाली सांगीतिक झल्को पनि मिसिएका हुन्छन् । आधुनिक केपपको सन् १९९२ मा स्थापित श्रेय सेओ ताजी एन्ड बोइज् लाई जान्छ । विभिन्न शैली, पश्चिमा संगीत, र विविध सांगीतिक शैलीगत प्रयासले दक्षिण कोरियाको सागंतिक माहोललाई आधुनिक बनाउने प्रयास भएको थियो ।[1]
सन् १९९६ को केटाहरूको हट नामक समुहको स्थापनाबाट आधुनिक केपपलाई आइडल मान्ने संस्कृति विकास भएको हो । सन् २००३ पछि TVXQ र BOA जस्ता समुहले दक्षिण कोरियाको छिमेकी देश जापान लगायत विश्वमा नै चर्चा बटुल्न सुरु भयो, जुन आजसम्म पनि कायम रहेको छ ।सामाजिक संजाल, के-ड्रामा जस्ता कोरियाली टेलिभिजन कार्यक्रमले सन्सार भरि नै प्रसिद्धि कमाउन सफल भएको छ । यसलाई कोरियन वेभको संज्ञा पनि दिइने गरिन्छ ।