From Wikipedia, the free encyclopedia
कालिज अथवा कालिच (वैज्ञानिक नाम: Lophura leucomelanos)[2][3][4][5] नेपालमा पाइने एक जंगली चरा हो। यो चरा कुखुरा जस्तै हुने भएकाले कतै कतै यसलाई "वन कुखुरा" अथवा "वन मुर्गी" पनि भनेको सुनिन्छ । कालिजहरू प्राय: पहाडी क्षेत्रको जंगलमा पाइन्छन् । सिकारीहरूले कालिजको सिकार धेरै गर्ने भएकाले अब यसको लोपहुने सम्भावना बढेको छ। कालिजहरूका पनि कुखुरा जस्तै ठूलो समुहमा चल्लाहरू हुन्छन्। बैसाख र जेठमा बढी जसो कालिजहरूले चल्ला निकाल्छन्। मंसिर, पुससम्म चल्लाहरू एक समुहमा बस्ने गर्छन् भने फागुन लागे पछि कालिजहरू भाले पोथिको अलग अलग जोडी बनाएर छुट्टीन्छन्।
कालिज Lophura leucomelanos | |
---|---|
हवाइमा रहेको एक निकुञ्जमा पाइएका कालिज भालेहरू (अगाडि) पोथी (पछाडि) | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत |
सङ्घ: | हाड भएका |
वर्ग: | |
गण: | Galliformes |
कुल: | Phasianidae |
उपकुल: | Phasianinae |
वंश: | Lophura |
प्रजाति: | L. leucomelanos |
वैज्ञानिक नाम | |
Lophura leucomelanos (Latham, 1790) | |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.