कामसूत्र
From Wikipedia, the free encyclopedia
कामसूत्र महर्षि वात्स्यायनद्वारा लिखित तथा विश्व प्रसिद्ध प्राचीन कामशास्त्र (Sexology) हो । महर्षि वात्स्यायनको कामसूत्र विश्वको प्रथम यौन संहिता मानिएको छ । सात भाग (अधिकरण), ३६ अध्याय, ६४ प्रकरणमा बाँडिएको यो ग्रन्थ स्त्री र पुरुष दुबैले समानरूपमा अध्ययन र मनन गर्नुपर्ने बताईएको छ । आलिँगन, चुम्बन, स्पर्श, दाँत र नङ्को प्रयोग, सित्कार, यौन अङ्गको आधारमा स्त्री र पुरुषको वर्गीकरण, स्त्री र पुरुषमा हुनुपर्ने ६४ कला, वर्जित सम्बन्ध, स्वीकृत सम्बन्ध देखि कामक्रियाको समयमा अपनाउनुपर्ने विधि बारेमा वर्णन गरिएको यस ग्रन्थको विश्वका प्रायः सबैजसो भाषामा अनुवाद र उद्दरण गरिएको पाईन्छ ।[1]