कन्याकुमारी
From Wikipedia, the free encyclopedia
कन्याकुमारी (जसलाई केप कोमोरिन पनि भनेर भनिने गरिन्छ) भारतको तमिलनाडु राज्यमा कन्याकुमारी जिल्लामा अवस्थित एक शहर हो। मुख्य भूमि भारतमा सबभन्दा दक्षिणी शहर, यसलाई कहिलेकाहीँ 'ल्याण्ड्स एण्ड' का रूपमा चिनिने गरिन्छ।
कन्याकुमारी Kanyakumari | |
---|---|
शहर | |
निर्देशाङ्क: ८.०८४°N ७७.५४६°E / 8.084; 77.546 | |
देश | भारत |
State | तमिलनाडु |
जिल्ला | कन्याकुमारी |
नामकरण | देवी कन्याकुमारी |
सरकार | |
• प्रकार | नगर पञ्चायत |
• अङ्ग | कन्याकुमारी नगरपालिका |
• जिल्ला कलेक्टर | एस.एच. प्रशान्त एम. वाडनेरे, आइएएस |
क्षेत्रफल | |
• जम्मा | २५.८९ किमी२ (१०�०० वर्ग माइल) |
उन्नतांश | ३० मिटर (१०० फिट) |
जनसङ्ख्या (२०१२) | |
• जम्मा | २९,७६१ |
• घनत्व | ६६५/किमी२ (१७२०/वर्ग माइल) |
Languages | |
• Official | तमिल अङ्ग्रेजी |
समय क्षेत्र | युटिसी+५:३० (आइएसटी) |
PIN | ६२९ ७०२, ६२९ ००१, ६२९ १६५ |
टेलिफोन कोड | ९१-४६५२ र ९१-४६५१ |
सवारी दर्ता | टिएन ७४ एण्ड टिएन ७५ |
वेबसाइट | www |
भारतमा, कन्याकुमारी आफ्नो अचम्मको सागर सूर्योदय, सूर्यास्त र चन्द्रोदयका लागि प्रसिद्ध रहेको छ भने यो तटभन्दा १३३ फिट तिरुवल्लुवर प्रतिमा र विवेकानन्द रक मेमोरियल र एउटा तीर्थस्थलका रूपमा एउटा लोकप्रिय पर्यटन स्थल रहेको छ।[1]
भारतको प्रायद्वीपीय टाउकोमा अवस्थित कन्याकुमारी, अरब सागर, बङ्गालको खाडी र हिन्द महासागरको सङ्गमस्थलमा रहेको छ।[2]यसको तीन तिर ७१.५ कि.मि. को तटीय रेखा रहेको छ। यो शहर, नागरकोइलबाट २० कि.मि. दक्षिणमा, कन्याकुमारी जिल्लाको मुख्यालय र केरलको राजधानी तिरुवनन्तपुरमबाट लगभग ९० कि.मि. दक्षिणमा स्थित रहेको छ।[3]
शहरको किनारामा एउटा मन्दिर रहेको छ, जुन देवी कन्याकुमारी (अविवाहित देवी) हरुमा समर्पित हुने गर्दछ, यसै कारणले गर्दा शहरको नामकरण कन्याकुमारी हुन गएको हो।[4]कन्याकुमारी सङ्गम कालदेखि एउटा शहर रहेको छ र यसलाई पुरानो तमिल साहित्य र मार्को पोलो र टलेमीका खाताहरुमा सन्दर्भित गरिएको छ।[4][5][6]