औद्योगिक क्रान्ति
१७६०-१८४० को अवधि तीव्र प्राविधिक परिवर्तन / From Wikipedia, the free encyclopedia
औद्योगिक क्रान्ति १८औँ शताब्दीको मध्यदेखि १९औँ शताब्दीको मध्यसम्म भएको थियो। यस समयमा बेलायत, फ्रान्स, स्पेन, नेदरल्यान्ड, बेल्जियमले ठुलाठुला साम्राज्य खडा गरेका थिए। औद्योगिक क्रान्ति बेलायत, युरोपेली महादेश र संयुक्त राज्य अमेरिकामा १७६० देखि १८२० सम्म र १८४० को समयको नयाँ म्यानुफ्याक्चरिङ प्रक्रियाहरूको सङ्क्रमणकाल थियो। [1] यस सङ्क्रमणमा हाते उत्पादन विधि मेसिनमा रुपान्तरण भयो, नयाँ रासायनिक म्यानुफ्याक्चरिङको, स्टिल उत्पादनको बिकास भयो, वाष्प उर्जा र जल उर्जाको उपयोग बढ्यो, मेसिन टुलको बिकास भयो र मेकनाइज्ड फ्याक्ट्री प्रणालीको उदय भयो।औद्योगिक क्रान्तिले जनसंख्या वृद्धि दरमा पनि ठूलो वृद्धि ल्यायो।
रोजगार,पूँजी लागानी र उत्पादन मुल्यको हिसाबले टेक्सटाइल उद्योग औद्योगिक क्रान्तिको समयमा अग्रणी उद्योग थियो। आधुनिक उत्पादन प्रक्रिया सुरु गर्ने पहिलो उद्योग पनि टेक्स्टाइल उद्योग नै थियो।[2]:40
औद्योगिक क्रान्तिको सुरुवात बेलायतमा भयो र धेरै प्राविधिक तथा यान्त्रिक आविष्कारहरू बेलायती मुलका थिए।[3][4] १८ औं शताब्दीको मध्य सम्ममा बेलायत विश्वको अग्रणी व्यापारिक राष्ट्र थियो,[5] र यसले अमेरिका र क्यारिबियनमा उपनिवेश, भारतीय उपमहाद्वीपमा सैन्य तथा राजनैतिक प्रभुत्व सहितको वैश्विक व्यापारिक साम्राज्यको नियन्त्रण गरेको थियो। [6][7][8][9] व्यापार व्यवसायमा विकास र उदय नै औद्योगिक क्रान्तिको मुख्य कारण थियो।[2]:15