![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/4/40/LocationNepal.svg/langne-640px-LocationNepal.svg.png&w=640&q=50)
ओखलढुङ्गा जिल्ला
सहिदहरूको जिल्ला / From Wikipedia, the free encyclopedia
ओखलढुङ्गा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा पर्ने पहाडी जिल्ला मध्ये एक हो। पूर्वदेखि पश्चिमतर्फ क्रमश फराकिलो हुँदै गएको यस जिल्लालाई तीन तिरबाट नदीले छुट्याएको छ। उत्तरमा सोलुखुम्बु जिल्ला, दक्षिणमा उदयपुर र सिन्धुली जिल्लासँग जोडिएको यस जिल्लालाई पूर्वमा खोटाङ जिल्लासँग दुधकोशी नदीले र पश्चिममा रामेछाप जिल्लासँग लिखू नदीले छुट्याएको छ। नेपालका ७५ जिल्ला मध्ये जनसङ्ख्याको हिसावमा ५९ औँ स्थान र क्षेत्रफलको हिसावले ६८ औँ स्थान ओगट्ने यस जिल्लाको कूल भूभाग मध्ये सदरमुकाम ओखलढुङ्गा बजार(सिद्धिचरण नगरपालिका)बाट थोरै क्षेत्र पूर्वमा र धेरै क्षेत्र पश्चिममा पर्दछ। युगकवि सिद्धिचरण श्रेष्ठको जन्म भूमि समेत भनेर चिनिने यस साहित्यिक उर्वर भूमिमा अभिरवंशी गोपालवंशी एवं किराँत वंशी राजाहरूले राज्य गरेको पाइन्छ। वि.सं २०१८ सालको प्रशासनिक विभाजन पूर्व हालका सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाहरू पूर्व ३ नम्बर ओखलढुङ्गामा पर्दथे।शेर्पा जाति पनि धेरै छन्।शेर्पा जातिले यस ठाउँमा धेरै नै विकसित भएको छन।
ओखलढुङ्गा जिल्ला |
---|