From Wikipedia, the free encyclopedia
उग्येन वाङचुक (जोङ्खा: ཨོ་རྒྱན་དབང་ཕྱུག) भुटानका पहिलो राजा थिए। आफ्नो जीवनकालमा उनले जनताको विश्वास जित्ने प्रयास गरे।[1]
उग्येन वाङचुक ཨོ་རྒྱན་དབང་ཕྱུག | |
---|---|
ड्रुक ग्याल्पो | |
भुटानको राजा | |
शासनकाल | १७ डिसेम्बर १९०७ – २६ अगस्ट १९२६ |
राज्याभिषेक | १७ डिसेम्बर १९०७ |
पूर्वाधिकारी | कुनै पनि छैन (वंशानुगत राजतन्त्र स्थापना भएको) |
उत्तराधिकारी | जिग्मे वाङचुक |
जन्म | ११ जुन १८६२ |
मृत्यु | २६ अगस्ट १९२६ (उमेर ६४) |
जीवनसाथी | सुन्दु पेमा |
सन्तान | जिग्मे वाङचुक |
घराना | वाङचुक वंश |
बाबु | जिग्मे नामग्याल |
धर्म | बौद्ध धर्म |
उग्येन वाङचुकको जन्म सन् १८६२ मा वाङ्दुचोलिङ दरबार, बुमथाङमा भएको थियो।[2] उहाँका बुबा जिग्मे नामग्याल त्यतिबेला भुटानका ड्रुक देसी थिए र उहाँ सानै उमेरमा आफ्नो बुबाको दरबारमा नेतृत्व र युद्धको कलामा प्रशिक्षित हुनुभएको थियो।[2] उनी सङ्घर्षपूर्ण अवधिमा हुर्केका कारण उग्येन वाङचुकलाई दक्ष लडाकुको रूपमा तालिम दिइएको थियो।[2]
बौद्ध राजतन्त्र स्थापना नभएसम्म भुटानमा २५६ वर्षसम्म लगातार ५४ वटा ड्रुक देसीको शासन थियो।[3] उग्येन वाङचुकले सन् १९०७ मा राजतन्त्र स्थापना गरेका थिए, यद्यपि उनी एक दशकभन्दा बढी समयदेखि वास्तविक शासक थिए।[4] १७ डिसेम्बर १९०७ मा, उगेन वाङचुकलाई जनताका प्रतिनिधिहरू, अधिकारीहरू र पादरीहरूले सर्वसम्मतिले निर्वाचित गरे र भुटानको पहिलो वंशानुगत राजाको रूपमा सिंहासनमा बसे।[5] त्यस दिनदेखि डिसेम्बर १७ लाई भुटानको राष्ट्रिय दिवसको रूपमा मनाइन्छ।[6]
सन् १९२६ मा ६४ वर्षको उमेरमा राजा उग्येनको फोड्रङको थिन्ले राब्तेन दरबारमा मृत्यु भएको थियो।[7]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.