आर्य समाज
हिन्दू समाज सुधारक एक आन्दोलन From Wikipedia, the free encyclopedia
हिन्दू समाज सुधारक एक आन्दोलन From Wikipedia, the free encyclopedia
आर्य समाज एक हिन्दू सुधार आन्दोलन हो । यसको स्थापना स्वामी दयानन्द सरस्वतीले सन् १८७५ मा मुम्बईमा मथुराका स्वामी विरजानंदको प्रेरणाले गरेका थिए। यो आन्दोलन पाश्चात्य प्रभाव तथा प्रतिक्रिया स्वरूप हिंदू धर्ममा सुधारको लागि आरम्भ गरिएको थियो ।।[1] आर्य समाजमा शुद्ध वैदिक परम्परामा विश्वास गरिन्थ्यो र मूर्ति पूजा ,अवतारवाद , बलि ,कर्मकाण्ड तथा अंधविश्वासलाई अस्वीकार गर्थे । यसको विरोधमा छुआछूत एवं जातिगत भेदभावलाई विरोध गरियो तथा स्त्रिहरू शूद्रलाई पनि उपनय संस्कार गरी यज्ञोपवीत धारण गराईयो र वेद पढ्ने अधिकार प्रदान गरियो। स्वामी दयानन्द सरस्वतीद्वारा रचित सत्यार्थ प्रकाश नामक ग्रन्थ आर्य समाजको मूल ग्रन्थ हो । आर्य समाजको आदर्श वाक्य हो:- कृण्वन्तो विश्वमार्यम् , यसको अर्थ - विश्वलाई आर्य बनाउदै जाऊ । प्रसिद्ध आर्य समाजी व्यक्तिमा स्वामी दयानन्द सरस्वती , स्वामी श्रद्धानन्द , महात्मा हंसराज , लाला लाजपत राय, भाइ परमानन्द , पंडित गुरुदत्त , स्वामी आनन्दबोध सरस्वती , स्वामी अछूतानन्द , चौधरी चरण सिंह , पंडित वन्देमातरम रामचन्द्र राव, बाबा रामदेव आदि पर्दछन ।
आदर्श वाक्य | "कृण्वन्तो विश्वमार्यम्" (विश्व को आर्य (श्रेष्ठ) बनाते चलो।) |
---|---|
गठन | १० अप्रिल १८७५ मुम्बई) |
संस्थापक | दयानन्द सरस्वती |
प्रकार | धार्मिक संगठन |
कानुनी वैद्यता | न्यास (Foundation) |
लक्ष्य | शैक्षिक, धार्मिक शिक्षा, अध्यात्म, समाज सुधार |
प्रधान कार्यालय | नई दिल्ली |
निर्देशाङ्कहरू | २६.४४९९°N ७४.६३९९°E |
सेवा क्षेत्र | सम्पूर्ण विश्व में |
आधिकारिक भाषा | हिन्दी |
मुख्य अङ्ग | परोपकारिणी सभा |
सम्बद्धता | भारतीय |
वेबसाइट | http://www.thearyasamaj.org |
दयानन्द सरस्वतीले १० अप्रिल सन् १८७५ ई. (चैत्र शुक्ला ५ शनिवार सम्वत् १९३२ विक्रमी) ले मुम्बईमा आर्यसमाजको स्थापना गरेका थिए। यसअघि उनले ६ वा ७ सेप्टेम्बर १८७२ मा वर्तमान बिहार प्रान्तको आर्यसमाज स्थापना गरेका थिए । उपलब्ध इतिहास र जानकारी अनुसार यो आर्यसमाजको पहिलो समाज थियो। तर, त्यसको एक-दुई वटा अधिवेशन मात्र भयो। स्वामीजीले आरा छोडेको केही दिनमै उनको गतिविधि ठप्प भयो।
स्वामी दयानन्दले ३१ डिसेम्बर १८७४ देखि १० जनवरी १८७५ सम्म राजकोटमा प्रवास गरेर वैदिक धर्मको प्रचार गरे। यहाँ शिविरको धर्मशालामा स्वामीले आठवटा व्याख्यान दिएका थिए जसको विषय थियो - ईश्वर, धर्मोदय, वेदहरूको अनादिता र अपौरुषेयता, पुनर्जन्म, विद्या - अविद्या, मुक्ति र बन्धन, आर्यहरूको इतिहास र कर्तव्य । यहाँ स्वामीजीले पं. महिधर र जीवनराम शास्त्रीसँग मूर्तिपूजा र वेदशास्त्रको विषयमा पनि शास्त्रार्थ गरे । स्वामीजीले यहाँ राजाका छोराछोरीको शिक्षाको कलेज, राजकुमार कलेजमा एउटा व्याख्यान दिनुभयो। उपदेशको विषय थियो ‘‘अंहिसा परमो धर्मः”
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.