From Wikipedia, the free encyclopedia
अरियाना ग्रान्डे-ब्युतेरा[1] (/ˌɑːriˈɑːnə ˈɡrɑːndeɪ/ जन्म जून २६, १९९३)[2] एक अमेरिकी गायिका र अभिनेत्री हुन्। उनको जन्म अमेरिकाको फ्लोरिडा, एक इटालियन मूलको परिवारमा भएको थियोे। उनले आफ्नो अभिनय कार्यकाल सन् २००८ मा न्युयोर्कमा रहेको ब्रोडवे थिएटरबाट १३ नामकको म्युजिकलमा अभियान गरेर शुरुवात गरेकी थिइन्। उनले त्यसपछि सन् २०१० देखि २०१३ सम्म, निकलोडियन नामक अमेरिकी टेलिभिजन च्यानलमा प्रदर्शन गरिने भिक्टोरियसमा क्याट भ्यालेन्टिनाको भूमिका निभाएकी थिइन् र सन् २०१३ देखि २०१४ सम्म स्पिनअफको, स्याम एण्ड क्याटमा पनि अभियान गरेकी थिइन्। उनी अन्य थिएटर र टेलिभिजन भूमिकाहरूमा पनि देखा परेकी थिइन् र केही एनिमेटेड (कार्टुन) टेलिभिजन र फिलिमहरूमा पनि उनको आवाज रहेको छ।
अरियाना ग्रान्डे Ariana Grande | |
---|---|
जन्म | अरियाना ग्रान्डे-ब्युतेरा २६ जुन १९९३ बोका राटोन, फ्लोरिडा, अमेरिका |
वासस्थान | न्यु योर्क, अमेरिका |
पेशा |
|
कार्यकाल | सन् २००८–हाल |
जीवनसाथी | डाल्टन गोमेज ( वि २०२१) |
आफन्त | फ्रान्की ग्रान्डे (दाइ) |
साङ्गीतिक जीवन | |
विधा |
|
वाद्ययन्त्र | स्वर |
लेबल | रिपब्लिक |
सहयोगी |
|
हस्ताक्षर | |
वेबसाइट | arianagrande |
ग्रन्डेको सङ्गीतीक कार्यकाल सन् २०११ मा उनले अभिनय गरेको भिक्टोरियस कार्यक्रममा उनले गीत गाएपछि भएको थियो। त्यसपछि, ग्रान्डेका ३ वटा एल्बमहरू अमेरिकी बिलबोर्ड २०० मा पर्न सफल भएका थिए जसमा, योर्स ट्रुलि (२०१३), माइ एभ्रिथिङ (२०१४) र सुविट्नर (२०१८) रहेका छन्। उनको सन् २०१६ मा सार्वजनिक भएको एल्बम डेन्जरस विमेन भने अमेरिकी बिलबोर्ड २०० को २औँ स्थानमा पुगेको थियोे। उनको आउँदो ५औँ स्टुडियो एल्बम थ्याङ्क यु नेक्स भने सन् २०१८ मा सार्वजनिक गरिने बताइएको थियो। त्यसबाहेक, ग्रान्डेले अहिलेसम्म बिलबोर्ड हट १००मा उत्कृष्ट ५ मा स्थान बनाउन सफल ६ वटा एकल गीतहरू गाएकी छिन् जसमा "प्रब्लम्स", "ब्रेक फ्रि", "ब्याङ् ब्याङ्", "साइड टु साइड", "नो टियर्स लेफ्ट टु क्राइ" र बिलबोर्ड हट १०० चार्टको पहिलो स्थानमा पुग्न सफल गीत "थ्याङ्क यु नेक्स्ट" रहेका छन्।[3] बिलबोर्ड चार्टको इतिहासमा अरियाना ग्रान्डे पहिलो कलाकार हुन् जो उनले प्रकाशन गरेका पहिला चारवटै एल्बमहरूबाट कुनै एक गीतहरू नेतृत्व एकल गीतको रूपमा रहेका थिए जुन सबै गीतहरू बिलबोर्डको उत्कृष्ट १० मा पर्न सफल भएका थिए र सन् २०१४ मा, उनका नेतृत्व एकल गीतहरूले निरन्तर बिलबोर्डको शिर्ष १० मा ३४ हप्तासम्म आफ्नो स्थान कायम गरेका थिए र उनको गीत अरू कलाकारको तुलनामा त्यस वर्षकै सबैभन्दा धेरै हप्तासम्म शिर्ष दशमा रहिरहन सफल भएका थिए। उनले हालसम्म दुईवटा रङ्गमञ्च (एरिना) भ्रमण गरेकी छिन् जसमा सन् २०१५ मा द हनिमुन टुर (विश्वयात्रा) र सन् २०१७ मा डेन्जरस वुमन टुर (विश्वयात्रा) रहेमा छन्।
आलोचकहरूले ग्रान्डेको स्वरलाई मारिया केरीसँग तुलना गरेका छन्। उनको प्रस्तुतिले तीन पटक अमेरिकी सङ्गीत पुरस्कार, तीन पटक एमटिभी यूरोप सङ्गीत पुरस्कार, एमटिभी भिडियो सङ्गीत पुरस्कार र ६ पटक ग्रामी पुरस्कारमा मनोनयन भैसकेकी छिन्। उनले कमाएको केही रकम दान कार्यमा पनि लगाएकी छिन्।[4] उनले सामाजिक सञ्जालमा करोडौं अनुयायीहरूको ध्यान खिच्न सफल भएकी छिन्।[5] सन् २०१६ मा, टाइम नामक अमेरिकी समाचार कम्पनीले उनको वार्षिक सुचीमा, उनलाई विश्वमै १०० प्रभावशाली व्यक्तिको रूपमा नामाकरण गरेको थियो। सन् २०१८, बिलबोर्डले पनि उनलाई वर्षकी उत्कृष्ट महिलाको रूपमा नामाकरण गरेको थियो।[6]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.