प्रमुख क्षत्रिय राजवंश From Wikipedia, the free encyclopedia
सूर्यवंश एक पौराणिक राजवंश मानिन्छ । हिन्दु शास्त्रहरूका अनुसार सूर्यवंश प्रमुख क्षत्रिय वंशहरूमध्ये एक हो । पौराणिक सूर्य (देवता)बाट सूर्यवंशको उत्पत्ति र नामाङ्करण भएको मानिन्छ । इक्ष्वाकु कुल सूर्यवंशकै अर्को नाम हो । सूर्यवंशबाट उत्पन्न भएका व्यक्तिहरूलाई सूर्यवंशी भनिन्छ। प्रसिद्ध रघुवंश सूर्यवंशको शाखा हो। सूयवंशको उल्लेख बाल्मीकिको रामायण, व्यास ऋषिको महाभारत र कालीदासको रघुवंशम् कृतिमा गरिएको छ।
भारतका केही राजपुतहरू र नेपालको केही क्षेत्रीहरू आफू सूर्यवंशी क्षत्रिय भएको दाबी गर्दछन् ।
सूर्य (देवता)ले विश्वकर्माकी छोरी संज्ञाको कोखबाट वैवश्वता मनु पैदा गरेका थिए । वैवश्वता मनुको ९ छोराहरूमध्ये इक्ष्वाकु एक हुन् ।[1] प्रसिद्ध सूर्यवंशी शासकहरू
भारतका राजपुत वंशजस्तै चितौडको सिसोदिया राजवंश, राठौर, कच्वाहा, पुन्दिर, मिन्हास, आदिहरू सूर्यवंशी मानिन्छन् । प्रसिद्ध सिसोदिया वंशका राजपुतहरू रघुवंशी राजा रामका छोरा लवको सन्तान भएको मान्दछन् ।[2]
नेपालको राजवंश लिच्छवि वंश सूर्यवंशी भएको दाबी गर्दथे । नेपालको राणा वंश पनि सिसोदिया राजवंशको शाखा भएको दाबी गर्नाले आफुलाई सूर्यवंशी ठान्दछन् ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.