From Wikipedia, the free encyclopedia
रङ्गोली भारतीय उपमहाद्वीपबाट उत्पत्ति भएको प्राचीन सांस्कृतिक परम्परा तथा लोक कला हो।[1] विभिन्न प्रदेशहरूमा रङ्गोलीको नाम र त्यसको शैलीमा भिन्नता हुनसक्छ तर यसको पछाडिको निहित भावना र संस्कृतिमा पर्याप्त समानता छ। यसको यहीँ विशेषताले यसलाई विविधता दिन्छ र यसको विभिन्न आयामहरूलाई पनि प्रदर्शित गर्दछ। यसलाई चाडपर्व, व्रत, पूजा, विवाह आदि शुभ अवसरहरूमा सुख्खा र प्राकृतिक रङ्गहरूबाट बनाइन्छ। रङ्गोलीहरू सामान्यतया दीपावली वा तिहार, ओणम, पोङ्गल, र भारतीय उपमहाद्वीपमा अन्य हिन्दू चाडपर्वहरूमा बनाइन्छ, र प्रायः दीपावलीको समयमा बनाइन्छ।
यसमा साधारण ज्यामितिक आकार वा देवी देवताहरूको आकृतिहरू हुनसक्छ। यसको प्रयोजन सजावट र सुमङ्गल हो। यसलाई प्रायः घरका महिलाहरूले बनाउँछन्। विभिन्न अवसरहरूमा बनाइने यी परम्परागत कलाकृतिहरूको विषयवस्तु अवसरअनुसार फरक-फरक हुन्छ। यसका लागि प्रयोग गरिने परम्परागत रङ्गहरूमा पिसेको सुक्खा वा भिजेको चामल, सिन्दुर, रोली, बेसार, सुक्खा पिठोलगायत प्राकृतिक रङ्गहरूको प्रयोग हुने भएपनि अहिले रङ्गोलीमा रासायनिक रङ्गहरूको पनि प्रयोग हुन थालेको छ। रङ्गोली ढोकाको बीचमा वा वरपर, आँगनको केन्द्र र उत्सवको लागि तोकिएको ठाउँको बीचमा वा वरपर बनाइन्छ। कहिलेकाहीँ यो फूलहरू, काठ वा अन्य कुनै वस्तुको भुसा वा चामल आदिबाट पनि बनाइन्छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.