मैथिली बोल्ने जातीय-भाषिक समूह From Wikipedia, the free encyclopedia
मैथिल भारतीय उपमहाद्वीपका एक हिन्द-आर्य जातीय-भाषिक समूह हो, जसले मैथिली भाषालाई आफ्नो मातृभाषाको रूपमा बोल्छन्। मैथिलहरू मिथिला क्षेत्रमा बस्छन्,[5] जसमा भारतको तिरहुत, दरभङ्गा, कोसी, पूर्णिया, मुङ्गेर, भागलपुर र सन्थाल परगना विभागहरू[6] [7] र नेपालको झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, र केही छेउछाउका जिल्लाहरू छन्।[8] मैथिल क्षेत्र हिन्दू धर्मको एक महत्वपूर्ण भाग हो किनभने यसलाई रामकी पत्नी सीता र लक्ष्मीको अवतारको जन्मस्थान भनिन्छ।[9]
मिथिलाले पहिलो पटक विदेह राज्य स्थापना गर्ने इन्डो-आर्य भाषी मानिसहरूद्वारा बसोबास गरेपछि प्रमुखता प्राप्त गरेको थियो। वैदिक कालको उत्तरार्ध (ईसापूर्व ११००-५००), कुरु र पान्चालसँगै विदेह दक्षिण एसियाको प्रमुख राजनीतिक र सांस्कृतिक केन्द्रहरू मध्ये एक बनेको थियो। विदेह राज्यका राजाहरूलाई जनक भनिन्थ्यो।[10]
विदेह राज्यपछि मिथिलामा आधारित बज्जिका महाजनपदमा समाहित भएको थियो।[11]
११औँ शताब्दीदेखि २०औँ शताब्दीसम्म, मिथिलामा विभिन्न आदिवासी राजवंशहरूले शासन गरेका थिए। यी मध्ये पहिलो कर्नाटहरू थिए, जो मैथिल क्षत्रिय मूलका थिए। त्यसपछि मिथिलाका शासकहरू ओइनिवार वंशका थिए, जो मैथिल ब्राह्मण रहेका थिए। तेस्रो शासकहरू राज दरभङ्गाका खान्डवालहरू पनि मैथिल ब्राह्मण थिए।[12] यो अवधिमा मिथिलाको राजधानी दरभङ्गा सारिएको थियो।[13][14]
प्रायः जसो मैथिलहरू सामान्यतया गङ्गा नदीको उत्तरमा रहेको दरभङ्गा र बाँकी उत्तर बिहार वरपर आधारित क्षेत्रहरूमा बसोबास गर्छन्।[20] स्थानीय मैथिली भाषीहरू पनि दिल्ली, कोलकाता, पटना, राँची र मुम्बईमा बस्छन्।[21]
भारतीय मिथिलामा तिरहुत, दरभङ्गा, कोसी, पूर्णिया, मुङ्गेर, भागलपुर र सन्थाल परगना विभागहरू पर्दछन्।[6]
पूर्वी तराईका छेउछाउका जिल्लाहरूले नेपाली मिथिला बनाउँछन्। [22] यो क्षेत्र विदेह राज्यको हिस्सा थियो।[23] यो राज्य रामायणमा दर्शाइएको छा। धेरैले जनकपुरलाई देवी सीताको जन्मस्थल भएको दाबी गर्छन् तर धेरैले सीतामढीलाई उनको जन्मस्थल मान्ने गरेका छन्। नेपालमा मैथिलहरू "स्वतन्त्र मैथिल राज्य" को दिशामा काम गरिरहेका छन्।[24]
मिथिला क्षेत्रमा धेरै जातीय समूह र जातहरू बस्छन्, जसमा मैथिल ब्राह्मण, मैथिल राजपूत, मैथिल भूमिहार, मैथिल कायस्थ, मैथिल अहिर, मैथिल कुर्मी, मैथिल कोइरी, मैथिल बनिया, मैथिल मुस्लिम र अन्य धेरै छन्।[25]
मैथिली जनताको साझा भाषा मैथिली हो, जुन भारतको मान्यता प्राप्त क्षेत्रीय भाषाहरू मध्ये एक हो र भारतीय संविधान र नेपालको संविधानको आठौँ अनुसूचीमा सूचीबद्ध नेपालको दोस्रो राष्ट्रिय भाषा हो। तिरहुता लिपि, जसलाई मिथिलाक्षर लिपि पनि भनिन्छ मैथिली भाषाको मौलिक लिपिको रूपमा प्रयोग गर्ने गरिन्छ। यद्यपि, २०औँ शताब्दीमा अधिकांश मैथिली लेखकहरूले क्रमशः मैथिलीका लागि देवनागरी लिपिलाई अपनाएपछि यो लिपिको प्रयोग घट्दै गएको छ।[26] केही परम्परागत पण्डितहरूले अझै पनि 'पट' (विवाह जस्ता महत्त्वपूर्ण कार्यहरूसँग सम्बन्धित औपचारिक पत्रहरू) लेख्नको लागि तिरहुता लिपि प्रयोग गर्ने गर्छन्।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.