From Wikipedia, the free encyclopedia
भीरकोट राज्य एक ऐतिहासिक चौबिसे राज्य थियो । यस राज्यमा खाँड ठकुरीहरूले राज्य गरेको थिए । यस राज्यको पूर्वज राजा मिन्चा खाँड हुन् जो गोरखा राज्यका राजाहरूको पूर्वज खान्चा खाँडका भाइ हुन् । इ.स. १७८५ मा गोरखा राज्यमा गाभिएपछि वि.सं. २०१७ मा रजौटा उन्मूलन नहुन्जेल सम्म यो रजौटाको रूपमा रह्यो ।
भीरकोट राज्य | |
---|---|
इ.सं. १४९५–वि.सं. २०१७ | |
वस्तु-स्थिति | राजतन्त्र |
राजधानी | भीरकोट |
आम भाषाहरू | नेपाली र मगर भाषा |
धर्म | |
सरकार |
|
राजा | |
• इ. सं. १४९५ - | मिन्चा खाँड |
• - इ. सं. १७८५ | चक्रपत्ति खाँड |
• | ताम्रध्वज खाँड |
इतिहास | |
• स्थापित | इ.सं. १४९५ |
• वि.सं. २०१७ को रजौटाको उन्मूलन | वि.सं. २०१७ |
अचेल | नेपाल |
यस राजपरिवारका वर्तमान नाम मात्रका अग्रज राजा प्रकाश शाह हुन् ।
वर्तमान स्याङ्जा जिल्ला अन्तर्गत पर्ने चारकोट मध्ये( नुवाकोट, सतहूँ, गह्रौं र भीरकोट) को भीरकोट प्राचीन ऐतिहासिक कोट मानिन्छ ।[1] पहिले स्याङ्जामा पर्ने पैयूँकोट हाल पर्वत जिल्लामा पर्न गएको छ । राणाकालमा स्याङ्जालाई पश्चिम ४ नं. इलाका भनी चिनिन्थ्यो । स्याङ्जा अन्तर्गतपर्ने सर्दीखोला, सेतीखोला, बाडखोला, दरौं खोला, लुब्दीखोला,अर्मादीखोला, मिर्दीखोला, च्याङ्दीखोला, बाँगखोला, कराँदीखोलार फौदीखोला अनि स-साना खहरे पूर्वपश्चिमबाट आँधिखोलामा आएर मिसिन्छन् । त्यसकारण स्याङ्जाको मध्यकालीनसभ्यतालाई आँधीखोले सभ्यता पनि भनिन्छ । आँधीखोला लोकसंस्कृतिको भण्डार पनि मानिन्छ । उत्तरमध्यकालको आरम्भमा राजा सूर्यखानले भीरकोटमा राज्यको स्थापना गरेका थिए । भीरकोटमा वरपर कोटाकोट, कारीकोट,बतासकोट, उमाकोट, बझाको, कुवाकोट, चापाकोट, धुर्कोट, दिसिङकोट, मिनाङकोट, मल्याङकोट, वलिकोट, गृहेकोट,पेलाकोट, सिर्सेकोट, बहाकोट, झापाकोट, सिंगारकोट,माझकोट, बूढाकोट आदि पर्दछन् । स्याङ्जा जिल्लामा उर्वरफाँटहरूले धनधान्य बनाएकोले यहाँ कहिल्यै अनिकाल पर्दैन जस्तै: चिलाउनेबाँस, रंगेठाँटी, लामागे, सतौं, झापाकोट,जोगीफाँट, लामाचौर, सिमलचौर, दार्सिङ एक्लेपिप्पल,झारखाम, उमधेवा, सराखोला, वगुवा, डौवा, पकान, अमले,छवीसे, सुर्कौदी, खोजा, बाह्रविसे चापाकोट, न्वाघर, सर्केटारी,फर्केटारी, त्रिवेणी आदिलाई फाँट या वेंशी भनिन्छ । त्यस्तै ज्याग्दीखोला भेकमा विरुवा, चिन्ने, गैह्री, खादीखोला, दार्सिङ,काम्ती, धुर्कोट वेंशी, टार जस्ता फाँट पनि कम उर्वर मानिदैनन् ।I
स्याङ्जाका ठकुराईहरूमध्ये भीरकोट सबैभन्दा पुरानो रियो । विक्रमको पन्धौ शदिको मध्यान्तरमा यसको स्थापना हुने पूर्वाधार तयार भइसकेको पाइन्छ । स्याङ्जामा प्रचलित लोकइतिहास अनुसार राजा सूर्यखानले आफ्नी इष्टदेवी आलमदेवी कुलदेवीको स्थापना गरीलसर्घामा चौपाट्टी झैँ निर्माण गरी भीमसेनपाते (धूर्सेलीको) सिम्हारा बिरुवा लगाएका थिए । ती आलमदेवीले चितौरगढमा महाराजालाई "मलाई जमीनमा नछुवाई उत्तर खण्ड नेपाल देशतिर लैजाउ र राज्य गर” भनिन् । तद्नुसार रिडिघाटमा पुगेपछि प्यास लागेकोले बाटाका घरमा पानी मागे । त्यस घरमा रक्सी बनाएकोले रक्सीको घ्याम्पामाथि राखेको तातोपानी खाएँछन् । राती सपनामा “तातो पानी पिउनेले अब देखि मलाई नछुनु, तर पूजा गर्न नछोड्नु” भनेकीले कारीकोटमा आए । ती जनै नलगाउने तातोपानी खाने भाइलाई मगर र नखाने भाइलाई ठाकुर भनियो । ती कुलदेवीलाई लसर्घामा स्थापना गरी ब्राह्मणको वाक्य, ठकुरीकर्ता, मगर पुजारी भए
आलमदेवीलाई भीमसेनपातीको बोटमा राख्न खोज्दा अचानक हातबाट देवी जमीनमा खसिन् र झटपट समात्न खोज्दा देवी अलप भएकीले राजा सूर्यखानलाई अत्यन्तै चिन्ता पर्न गयो । रातमा राजालाई “पिर मान्नु पर्दैन, म यही बस्दछु चोखीनीतिसँग मगर कुमार केटा ४, पण्डित १, राजाकर्ता १भई मेरो भक्ति गर्नु र राज्य बढला " भनी सपना वाणि भयो ।
जागा भएपछि राजाले त्यसै ठाउँमा चौपाटी (चौतारी चौडिलो ) बनाए । देवी अलप भएको ठाउँलाई अलपदेवी भन्दाभन्दै आलमदेवी हुन गयो । आलमदेवीलाई वंशावलीमा आलम खडका कालिका भनिएको छ । राजा सूर्यखानका विषयमा अन्य जानकारी पाउन सकिएको छैन ।
भीरकोट राज्यका राजाहरूको सूची (ईश्वी सन् मा) :
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.