नाम्चे बजार
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
नाम्चे बजार नेपालको कोशी प्रदेशको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा अवस्थित एक गाउँ हो। यो खुम्बु क्षेत्रभित्र ३,४४० मिटर (११,२८६ फिट) को उचाइमा अवस्थित छ र पहाडको छेउछाउमा बसोबास गर्दछ। पर्यटन व्यवसायमा संलग्न अधिकांश शेर्पा नाम्चे क्षेत्रका हुन्। नाम्चे खुम्बु क्षेत्रको मुख्य व्यापारिक केन्द्र हो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १५४० रहेको थियो जसमध्ये ८०७ पुरुष र ७३३ महिला रहेका थिए भने यहाँ ४८० घरधुरी रहेको थियो।[1][2] नाम्चेका ६७ प्रतिशत जनता पर्यटन व्यवसाय, १३ प्रतिशत वैदेशिक रोजगारी, ८ प्रतिशत सेवा र ९ प्रतिशत विदेशी कृषिमा संलग्न छन् ।
नाम्चे बजार | |
---|---|
उपनाम: शेर्पा राजधानी | |
निर्देशाङ्क: २७°४९′उ॰ ८६°४३′पू॰ | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | सोलुखुम्बु जिल्ला |
गाउँपालिका | खुम्बु पासाङल्हामु गाउँपालिका |
उन्नतांश | ३४४० मिटर (११२९० फिट) |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | १,५४० |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको मानक समय) |
नाम्चेको ठीक पश्चिममा ६,१८७ मिटर (२०,२९९ फिट) उचाइमा कोङ्दे रि र पूर्वमा ६,६२३ मिटर (२१,७२९ फिट) मा थम्सेर्कु छ।
नाम्चे बजारलाई नियाल्ने डाँडामा स्याङबोचे विमानस्थल (३,७५० मिटर/१२,३०३ फिट) छ। यो अब यात्री उडानहरूको लागि प्रयोग गरिँदैन, यद्यपि रुसी हेलिकप्टरहरूले कहिलेकाँही कार्गो उडानहरू गर्छन्। निकटतम खुला विमानस्थल तेन्जिङ-हिलारी विमानस्थल हो, जुन गाउँबाट १३ किलोमिटर दक्षिणमा अवस्थित छ।
शनिबार बिहान गाउँको बीचमा साप्ताहिक बजार हुन्छ। तिब्बतको दैनिक बजार पनि हुन सक्छ जहाँ लुगाफाटा र सस्तो चिनियाँ उपभोग्य वस्तुहरू बिक्रीका लागि मुख्य वस्तुहरू हुन्छन्।
नाम्चेमा सन् १९९५ अक्टोबरमा थामे नजिकै खोलिएको नजिकैको थामे–नाम्चे जलविद्युत् आयोजना (६०० किलोवाट) बाट विद्युत् उत्पादन भइरहेको छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.