From Wikipedia, the free encyclopedia
धुर्मुस सुन्तली फाउण्डेशन हास्यकलाकारद्वय धुर्मुस र सुन्तली अर्थात् नेपाली कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेको जोडीले संयुक्त रूपमा खडा गरेको एक गैर नाफामूलक संस्था हो। धुर्मुस सुन्तली फाउण्डेशन सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको संस्था हो। वि.सं २०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको बिनाशकारी भूकम्पमा पीडित भएका व्यक्तिहरूको उद्धार, राहत, मानविय सहायता तथा भुकम्पमा भत्किएका संरचनाहरूको पुननिर्माण तथा पुनवास गर्ने उदेश्यका साथ यसको स्थापना गरिएको थियो भने हाल यस संस्थाले चितवनमा अन्तर्राष्ट्रिय स्तरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाइरहेको छ। [1]
गठन | वि.सं २०७२ |
---|---|
प्रकार | गैरसरकारी संस्था |
प्रधान कार्यालय | काठमाडौँ |
स्थान | |
सस्थापक/प्रबन्धक | सिताराम कट्टेल र कुञ्जना घिमिरे |
वेबसाइट | http://dhurmussuntali.com/ne |
विक्रम सम्बत् २०७२ सालको बैशाख १२ गते आएको महाभूकम्पमा धेरै नेपालीहरु घरबार विहिन भएसँगै यस धुर्मुस सुन्तली फाउण्डेसनको स्थापना भएको हो।
यस फाउण्डेसनले अहिले सम्म तीन वटा नमूना बस्ती निर्माण गरी हस्तान्तरण गरिसकेको छ ।
काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका १६ मा पर्ने डाँडाँगाउँ गा.वि.स.मा नमूना बस्तीको पहिलो पटक निर्माण भएको हो। नेपालकै लोपोन्मुख तथा सिमान्तकृत जाति बसोबास गर्ने डाँडाँगाउँमा भूकम्प प्रभावितहरूलाई सहयोग गर्नको लागि सिताराम कट्टेल र कुञ्जना घिमिरेको अगुवाईमा तथा विभिन्न संघसंस्थाहरूको श्रमदानमा नमूना बस्तीको निर्माण सफल भएको हो। यो बस्तीको निर्माण दुई महिना १० दिनमा सम्पन्न गरिएको थियो।[3]
धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माण गरिएको दोस्रो गिरानचौर नमूना बस्ती हो। यस बस्तीको कुल क्षेत्रफल ३५ रोपनी हो भने ५ करोडको लगानीमा ६५ वटा घर तथा एक सार्वजनिक भवन साथसाथै बालबच्चाहरु खेल्नका लागि पार्कहरु समेत निर्माण गरिएको छ।[4]
धर्मुस सुन्तली फाउण्डेसनले ५० घरधुरीलाई लक्षित गरी महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका –१ मा पर्ने मुसहर टोलमा एकीकृत नमुना मुसहर बस्ती निर्माण गरेको थियो। लगभग १६ कठ्ठा क्षेत्रफलमा फैलिएको यस एकीकृत बस्तीलाई बालमैत्री तथा अपाङ्गमैत्री पनि बनाइएको छ। यस बस्तीमा कुल लागत पाँच करोड चार लाख छत्तिस हजार आठ सय साठी रुपैयाँ रहेको थियो। २०७४ साल पुस २५ गते शिलान्यास गरिएको यस परियोजनालाई ९५ दिन मै २०७४ साल बैशाख १ गते समापन गरिएको थियो। यस परियोजनालाई सफल पार्नका लागि अघिल्लो गिरानचौर परियोजनाको बाँकी रकम सहित, ७ करोड ६३ लाख ३९ हजार १ सय २७ रुपैयाँ ५३ पैसा सङ्कलन गरिएको थियो।[5][6]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.