From Wikipedia, the free encyclopedia
इङ्ल्यान्ड र अस्ट्रेलियाको बिचमा सन् १८८२ देखि खेल्न थालिएको एशेज शृङ्खलाको इतिहास एकदमै रोचक छ। यस शृङ्खलाको नामकरण बेलायती मिडियाद्वारा भएको हो । सन् १८८२ मा अस्ट्रेलियाले ओभलमा पहिलो पटक इङ्ल्यान्ड क्रिकेट टोलीलाई उसकै जमिनमा हराएको थियो। अस्ट्रेलियाबाट पाएको हारलाई बेलायती मिडियाले सहन सकेनन् । स्पोर्टिङ टाइम्स नामक पत्रिकाले लेख्यो कि इङ्ल्यान्ड क्रिकेटको मृत्यु भइसकेको छ र उसको लासलाई जलाएर खरानी (एशेज) अष्ट्रेलियन टोलीले आफ्नो साथ लाँदैछन् ।[1] यसपछि इङ्ल्यान्ड टोलीको अस्ट्रेलिया भ्रमणको समय बेलायती मिडियाले यस भ्रमणलाई इङ्ल्यान्डको प्रतिष्ठा बचाउने अवसरका रूपमा व्याख्या गरेका थिए । इङ्ल्यान्ड टोलीको अस्ट्रेलिया भ्रमणमा इङ्ल्यान्डका कप्तान इवो ब्लिग लाई वेल्सको खरानी (एशेज) उपहार स्वरूप दिइएको थियो, जुन यस सिरिजको प्रतिक बन्न पुग्यो । १२ देखि १८ महिनाको अन्तरालमा आयोजना गरिने एशेज सिरिजमा पाँच टेस्ट खेलिने प्रावधान छ । यस शृङ्खलालाई अस्ट्रेलियाले सर्वाधिक ३१ पटक जितेको छ । यस शृङ्खलामा सर डन ब्रेडम्यानको नाममा सबभन्दा धेरै रन बनाउने किर्तिमान छ ।
द एशेज | |
---|---|
देशहरू | अस्ट्रेलिया इङ्ल्यान्ड |
प्रशासक | अन्तर्राष्ट्रिय क्रिकेट परिषद |
ढाँचा | टेस्ट क्रिकेट |
पहिलो प्रतियोगिता | १८८२-८३ |
आगामी प्रतियोगिता | २०१५ |
प्रतियोगिताको ढाँचा | ५ खेलको शृङ्खला |
टिम सङ्ख्या | २ |
वर्तमान ट्रफी विजेता | अस्ट्रेलिया |
सबैभन्दा सफल | अस्ट्रेलिया (३२ शृङ्खला जित) |
सर्बाधिक रन | डन ब्रेडम्यान (५,०२८) |
सर्बाधिक विकेट | शेन वार्न (१९५) |
२०१५ एशेज शृङ्खला |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.