तारानाथ रानाभाट
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
तारानाथ रानाभाट नेपालका राजनीतिज्ञ तथा प्रतिनिधि सभाका पूर्व सभामुख हुन्।
Honourable तारानाथ रानाभाट | |
---|---|
प्रतिनिधि सभाका सभामुख | |
एकाधिपति | राजा ज्ञानेन्द्र |
प्रधानमन्त्री | कृष्णप्रसाद भट्टराई |
पूर्वाधिकारी | रामचन्द्र पौडेल |
उतराधिकारी | सुवासचन्द्र नेम्बाङ |
निर्वाचन क्षेत्र | कास्की १ |
व्यक्तिगत विवरण | |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | नेपाली कांग्रेस |
२०५८ जेठ १९ मा दरबार हत्याकाण्ड भयो। राजा वीरेन्द्रको निधन भइसकेको थियो । २०५८ जेठ २२ बिहान ३:४५ मा राजा घोषित दीपेन्द्रको मृत्यु भयो। [1] [2]
त्यस घटनापछि श्री ५ बनेका राजा ज्ञानेन्द्रले शाही सन्देश मा राजा ज्ञानेन्द्रले राजादरबारमा घटेको घटनाको यथार्थ विवरण जनसमक्ष ल्याउने प्रक्रिया स्वरूप प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षता मा एक उच्चस्तरीय समिति गठन गरे। उक्त समितिमा सभामुख तारानाथ रानाभाट तथा प्रतिनिधि सभाका विपक्षी दलका नेता माधवकुमार नेपाललाई सदस्य तोकियो। यस समितिलाई तीन दिन भित्र प्रतिवेदन जाहेर गर्न निर्देश दिइयो।[3] तर नेता माधवकुमार नेपालले "उक्त समितिमा रहेर काम गर्ने सम्बन्धमा २०५८ जेठ २३ गते बसेको नेकपा एमाले स्थायी कमिटीको बैठकले मेरो हकमा उक्त समितिमा रहन नसकिने निर्णय गरेकाले सोही बमोजिम सो समितिबाट राजिनामा जाहेर गरेको छु।" भनेर राजिनामा दिए।[4] उक्त समितिलाई देहाय बमोजिमका अधिकार प्राप्त थिए;-
उक्त समितिले जेठ २६ गतेबाट आफ्नो काम सुरु गर्यो। ३ दिनमा काम नसकिएकाले राजाबाट सो समितिको कार्य अवधि जेठ ३२ गते सम्म ४ दिन थप भयो।[5] त्यो छानबिन प्रतिवेदनभन्दा पनि मुचुल्का प्रतिवेदन जस्तो थियो, जसमा प्रत्यक्षदर्शीहरुको बयान समेटिएको छ। नशाले अनियन्त्रित युवराज दीपेन्द्रले नै गोली चलाएर यो घटना भएको भन्ने प्रतिवेदन नै अहिलेसम्मको आधिकारिक हो। [6] समितिले सम्पूर्ण प्रतिवेदनलाई ३ भागमा विभाजन गरेको थियो। पहिलो भागमा समितिको गठन तथा कार्यप्रक्रिया उल्लेख छ। दोस्रो भागमा घटनासँग सम्बन्धित तथ्य एवम् तथ्याङ्कहरुको प्रस्तुति थियो। र, तेस्रो भागमा घटनाको यथार्थ विवरण उल्लेख थियो।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.