एउटा पकवान From Wikipedia, the free encyclopedia
ठेकुवा (जसलाई खजुरिया वा टिकरी पनि भनिन्छ) दक्षिणी नेपाल तथा उत्तरी भारतमा बनाइने एक प्रकारको सुख्खा मिठाई हो।[1] यो नेपालको तराई क्षेत्र तथा भारतको बिहार, झारखण्ड र उत्तर प्रदेश राज्यमा धेरै लोकप्रिय छ।[2] यी ठाउँहरूमा ठेकुवा, शताब्दीयौंदेखि एउटा मीठो खाजाको रूपमा प्रयोग हुँदै आएको छ।[3]
ठेकुवा छठ पूजाको समयमा देवतालाई चढाइने पूजनीय प्रसाद हो। [4][5][6]
ठेकुवाका मुख्य सामग्रीहरू गहुँको पीठो, चास्नी (पग्लिएको चिनी) र घिउ हुन्। शख्खर कहिलेकाहीँ चिनीको विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ।[7] यी चार मुख्य सामग्रीहरू प्रयोग गरेर मिश्रण तयार गरिन्छ र स्वाद बढाउन सुकुमेल वा अन्य मसलाहरू पनि थप्न सकिन्छ।
पिठोको मिश्रणको सा-सानो टुक्रा बनाएर गोलो आकार मा बेलिन्छ र एउटा विशेष साँचोको सहायता ले ठेकुवामा बुट्टा बनिइन्छ। त्यसपछि ठेकुवालाई तातो घिउ वा तेलामा तारिन्छ। ठेकुवाको रङ रातोमा परिणत भएपछि त्यसलाई तेलबाट निकालिन्छ। ठेकुवा सेलाएपछि कडा हुन्छ र खानको लागि तयार हुन्छ।
यसलाई कुनै संरक्षकको आवश्यकता पर्दैन र यसलाई हावा नछिर्ने भाँंडोमा धेरै दिनसम्म सुरक्षित राख्न सकिन्छ।
छठ पर्वको पवित्रता कायम राख्नको लागि प्रसादको ठेकुवाको तयारी सामान्यतया पूजा कोठामा गरिन्छ।[8]
बिहारको दरभङ्गाका १६ जनाको समूहले लिम्का बुक अफ रेकर्ड्समा कीर्तिमान राख्न सन् २०१९ मा ९१ केजीको ठेकुवा तयार पारेका थिए।[9]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.