क्योटो
जापानमा स्थित शहर From Wikipedia, the free encyclopedia
जापानमा स्थित शहर From Wikipedia, the free encyclopedia
क्योटो (京都市 Kyōto-shi , pronounced [kʲjoːꜜto.ɕi] ( ); ब्रिटिस: /kɪˈoʊtoʊ/, अमेरिकी: /kiˈoʊ-/, वा /ˈkjoʊ-/[1]) होन्शु टापुको मध्यमा अवस्थित जापानको एक महानगर हो । क्वामू शासन कालमा यस सहरलाई 'हे यान जो' अर्थात् 'शान्तिको नगर' को संज्ञा दिइएको थियो । ११औँ शताब्दी सम्म क्योटो जापानको राजधानी थियो र आज पनि पश्चिमी प्रदेशको राजधानी हो । यस सहरलाई आधुनिकीकरण तथा यसको पुनर्संरचनाको लागि सन् १८९० मा यस नगरसँगै रहेका बिवा ताललाई लगभग ७ माइल लामो नहरद्वारा बाँधियो र आकर्षक बनाइयो । यो सहरलाई आज पनि हजारौ वर्षको राजधानी भन्ने गरिन्छ ।
क्योटो
京都市 | |
---|---|
नगर | |
क्योटो शहर | |
देश | जापान |
क्षेत्र | कानसाई |
पर्फेक्चर | क्योटो पर्फेक्चर |
सरकार | |
• मेयर | दाइसाकु कादोकावा |
क्षेत्रफल | |
• जम्मा | ८२७.९० किमी२ (३१९.६५ वर्ग माइल) |
जनसङ्ख्या (अक्टोबर १, २०१५) | |
• जम्मा | १,४७४,५७० |
• घनत्व | १८००/किमी२ (४६००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+९ (जापानको प्रमाणिक समय) |
- रुख | जापानी मेपल आ कस्तुरा |
- फूल | Camellia, Azalea and Sugar Cherry |
फोन नम्बर | ०७५-२२२-३१११ |
ठेगाना | 488 Teramachi-Oike, Nakagyō-ku, Kyōto-shi, Kyōto-fu 604-8571 |
वेबसाइट |
विशाल मन्दिरहरू, कलात्मक भवनहरूको लागि क्योटो सम्पूर्ण जापानमा प्रसिद्ध छ । यहाँ रेशमको कपडा, चिनिया माटोको भाडा, खेलौना र अन्य प्रकारका धातुका भाडाकुडाको उद्योग अधिक विकसित छन् । यो जापानमा बौद्ध धर्मको सबैभन्दा ठुलो केन्द्र हो ।
जापानी भाषामा यस सहरलाई क्यो (京), मियाको (都), वा क्यो नो मियाको (京の都) भनिन्छ । ११औँ शताब्दीमा, यो सहरको नाम चिनिया शब्दको jingdu (京都) राजधानीबाट क्योटो (राजधानी सहर) राखियो ।[2]
यद्यपि पुरातात्त्विक प्रमाणहरूले क्योटोमा मानिसको बसोबास पालियलिथिक समय देखि नै शुरू भएको देखाउछ, तर उक्त स्थानमा मानव गतिविधिको बारेमा पत्ता भने ६ औँ शताब्दी भन्दा अघि शिमोगामो श्रिनको पालोको समयको देखिन्छ ।
सन् २०१५ को जापानको जनगणना अनुसार क्योटोको जनसङ्ख्या १४,७४,५७० रहेको छ ।[3] ऐतिहासिक रूपमा क्योटो जापानको सबैभन्दा ठुलो सहर रहेको थियो जसलाई १६औं शताब्दीमा आएर ओसाका र एडो (टोक्यो)ले पछाडी पारे । युद्धको समयमा कोबे र नागोया क्रमसः चौथौ र पाँचौ ठुलो सहरसँग यसको व्यापारिक सम्बन्ध रहेको थियो । सन् १९४७ मा यो तेस्रो, सन् १९६० मा पाँचौ, सन् १९९० मा सातौँ र सन् २०१५ मा आएर यो जापानको ९औं ठुलो सहर बन्न पुगेको हो ।
हुनत क्योटोमा कुनै पनि विमानस्थल छैन, तर भ्रमण गर्ने यात्रीहरू कानसाई अन्तर्राष्ट्रिय विमानस्थल तथा ओसाका अन्तर्राष्ट्रिय विमानस्थलबाट यस सहर प्रवेश गर्न सक्छन् । जेआर पश्चिमद्वारा कानसाई विमानस्थल एक्सप्रेस, हारुका सञ्चालित रहेको छ जसले कानसाई विमानस्थलबाट क्योटो स्टेसन ७३ मिनेटमा पुगाउने गर्दछ ।[4]
ओसाका विमानस्थल यातायात बसहरू इतामी विमानस्थल र क्योटो स्टेसन ५० मिनेटमा पुगाउने गर्दछ ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.