ओलाङ्चुङ गोला
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
ओलाङ्चुङ गोला नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, ताप्लेजुङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २३९ रहेको थियो जसमध्ये १२७ पुरुष र ११२ महिला रहेका थिए भने यहाँ ६२ घरधुरी रहेको थियो।[1][2]
ओलाङ्चुङ गोला | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २७.३०°N ८७.९०°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | ताप्लेजुङ जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | २३९ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
यो धार्मिक तथा पर्यटकीय महत्त्वको स्थल हो। नेपालको तिव्वतसंगको एक नाकाको रूपमा उदाउने स्थलहरूमध्ये ओलाङ्चुङ गोला पनि एक हो। समुन्द्री सतहदेखि ३,२४० मिटरको उचाईमा रहेको ओलाङ्चुङ गोला तमोर नदीको किनारामा अन्दाजी ३ हेक्टर क्षेत्रफलमा रहेको छ। करिब ६०-६५ घरहरू मात्र भएको यस स्थानमा सबै शेर्पा जातिहरू र बौदमार्गीहरू मात्र छन्। यहाँको सबै घरहरू काठका नै छन्। ताप्लेजुङ जिल्ला सदरमुकामबाट २२ कोस दूरीमा रहेको यस ठाउँमा आलु वाहेक अन्य वालीहरू हुँदैन। यहाँका मानिसहरूको मुख्य आर्थिक क्रियाकलापमा चौरी पाल्नु, भेडा पाल्नु, छुर्पी बनाउनु, गलैंचा बन्नु आदि नै हो। यहाँका मानिसहरू छुर्पी, गलैंचा र जडिबुटीको व्यापारबाट नै आफ्नो जीविकोपार्जन गर्छन। यहाँका केही मानिसहरू नेपाल-चीनको व्यापार पनि गर्ने गर्दछन। नेपालबाट खाद्य सामग्री लैजाने, चीनबाट जुत्ता, तयारी पोशाक, थर्मस, चक्लेट तथा दैनिक उपभोगका सामानहरू ल्याउँछन। ओलाङ्चुङ गोलाबाट हिडेको दुई दिनमा सिमापार गरिने र तेस्रो दिनमा तिब्बतको रियु प्रान्तमा पुगिन्छ। रियू भौगोलिक दृष्टिकोणले ओलाङ्चुङ गोला जस्तै भए पनि यहाँ यातायातको सुविधा छ। ओलाङ्चुङ गोलामा एउटा बौद्ध गुम्बा छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.