जापान उत्पादित एनिमेसन From Wikipedia, the free encyclopedia
एनिमे (जापानी: アニメ, जापानी उच्चारण: आनिमे ) हातले कोरिएको चित्र वा कम्प्युटरद्वारा बनाइएको जापानी एनिमेसन हुन् । "एनिमे" शब्द अङ्ग्रेजी शब्द एनिमेसनको लघु रुप हो, जसले सम्पूर्ण एनिमेसन निर्मित सामग्रीहरूलाई जनाउँछ ।[1] जापान बाहिर विशेषत: पश्चिमा मुलुकमा भने एनिमेले जापानमा वा जापानी शैलीमा बनाइएका एनिमेसन सामग्रीलाई बुझाउँछ ।[2] एनिमेको ईतिहास सन् १९१७बाट सुरु भएको मानिन्छ भने सन् १९६० को दशकबाट एनिमे शैलीगत विकास भएको पाइन्छ । जापानमा करिब ४३० एनिमेसन उत्पादन कम्पनी (जसमा स्टुडियो जिब्ली, गेइनेक्स, तोइ एनिमेसन जस्ता स्थापित नाउँहरू) रहेका छन् । एनिमेहरू अङ्ग्रेजी भाषामा अनुवादित हुन थालेपछि नै चर्चित बन्दै गएको हुन् ।
ग्राफिक कला सँग, कथा एवम् पात्रका वस्तुगत वास्तविकताको संयोजन, दृश्यजन्य शैली, र विविध कलात्मक पक्षले एनिमेले लौकिक र पारलौकिक कथात्व बोकेको हुन्छ ।[3]
जापानमा एनिमेले सम्पूर्ण संसारभरको एनिमेसनद्वारा बनाइएका सामग्रीलाई बुझाउँछ ।[1][4] अङ्ग्रेजीमा एनिमेले जापानमा बनाइएका एनिमेसनलाई नै जनाउँछ ।[5]
एनिमे शब्दको उत्पत्ति भने एकिन साथ भन्न सकिदैँन । केही स्रोत एनिमे शब्द फ्रान्सेली शब्द dessin animéबाट आएको बताउँछन्[6] भने सो कुरा सन् १९७० देखि १९८० मा फ्रान्सको चर्चाले भनिएको पनि बताइन्छ ।[2] अङ्ग्रेजी भाषामा एनिमे शब्दलाई नामको रूपमा प्रयोग गरिएको पाइन्छ ।[7] सन् १९७० देखि १९८० तिर Japanimation शब्दको प्रयोग गरिन्थ्यो । सन् १९८० को मध्य सम्ममा बिस्तारै एनिमे शब्दको प्रयोग बढ्दै गयो ।[6][8] हाल, एनिमे शब्दले जापानमा बनेका एनिमेसनलाई नै बुझाउने गर्दछ ।[8]
एनिमेले जापानी एनिमेसनलाई प्रतिनिधि नगर्ने पनि केही बताउँछन् ।[9]
फ्रान्स, जर्मनी, अमेरिका, रसियामा जस्तै जापानी एनिमेसन बिसौँ शताब्दीमा जापानी चलचित्रकर्मीहरूले विकास गरेका थिए ।[10] सन् १९२३ को भूकम्पले एनिमेका सामग्रीहरूलाई केही नष्ट गरेको थियो ।
सन् १९३० सम्म आइपुग्दा जापानी एनिमेसनको विकास भइसकेको थियो । उक्त समयमा जापानी एनिमे अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा नै थियो । सन् १९४० मा धेरै जापानी एनिमे उद्योगहरूको विकास हुँदै आइसकेको थियो । सन् १९३७ मा वाल्ट डिज्नी कम्पनीको स्नो वाइट एन्ड सेभन ड्राव्फ्स ले जापानी एनिमेलाई शैलीगत विकासमा प्रभाव पार्यो । सन् १९७० देखि चित्र उपन्यास, माङ्गा, कमिक पुस्तकहरू लोकप्रिय बन्दै गए । सन् १९८० देखि १९९० सम्म र हाल एक्काइसौं शताब्दसम्ममा जापानी एनिमेले बजार ओगटिसकेको छ ।
एनिमे बालबालिका देखि वयस्क व्यक्ति सम्मकालागि बनाइएका पाइन्छन् । वयस्कहरूलाई बनाइएका एनिमेमा कथा वस्तु जटिल र विषय त्यसै अनुसारका हुन्छन् ।
सन् १९८० देखि जापानी एनिमे अमेरिकामा परिचित भई सन् १९९० देखि जापानी एनिमे अमेरिकामा चर्चित बन्दै गयो ।
मानव भावनालाई विशेष जोड दिइने जापानी एनिमेमा दुख, सुख, मिहिनेत जस्ता विषयलाई जोड दिइएका हुन्छन् ।
नेपालमा पनि एनिमे रुचाउने दर्शक प्रशस्त रहेका छन् । राजधानीमा विभिन्न विभिन्न एनिमे कार्यक्रमहरू आयोजना हुने गर्दछन् ।[11]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.