यौन कार्यहरूको स्पष्ट रूपाङ्कन From Wikipedia, the free encyclopedia
अश्लील चित्रणले यौन उत्तेजनाका लागि यौनको चित्रणलाई बुझाउँछ ।[१] अश्लील चित्रण पत्रिका, एनिमेसन, लेख, चलचित्र, भिडियो वा भिडियो गेमको रूपमा उपलब्ध हुन सक्छ । यस वाक्यांशले अश्लील कार्यक्रमलाई समावेश गर्दैन । आधुनिक अश्लील चित्रणको प्राथमिक विषय अन्तर्गत यौन प्रदर्शनकर्ताहरू पर्दछन् ।
विभिन्न सामाजिक समुदायले यौनको चित्रणलाई अनैतिक [२] र दुर्व्यसनी मानी अवैध बनाएका छन् । यस्ता मान्यताका साथै अश्लील चित्रणको परिभाषा पनि देश र समुदाय अनुसार फरक भएको पाइन्छ ।[३] अश्लील चित्रणको निर्माण र उपभोग गर्ने यौन उद्योगको स्थापना र विकास २० औँ शताब्दीको दोस्रो भागतिर मात्रै भएको थियो । घरघरमा टेलिभिजन र इन्टरनेटको सुविधाले विश्वभर यौन उद्योगको राजस्व वृद्धि तीव्र गतिमा हुन थाल्यो । अहिले यस उद्योगले बर्सेनि रूपमा अरबौँ रुपियाँको राजस्व आर्जन गर्छ ।[४] सन् २००६ मा विश्वभरको यौन उद्योगले रु. ९७ अर्बको आम्दानी गरेको थियो ।[५] यो उद्योग हजारौँ प्रदर्शनकर्ताका साथै उत्पादन कर्मचारीहरूका लागि जीविकोपार्जनको स्रोत बनेको छ । अहिले चाहिँ बलात्कार र साइबरसेक्सका भिडियोहरू पनि सजिलैसँग नाम चलेका अश्लील वेबसाइटमा हेर्न सकिन्छ ।[६][७]
अश्लील चित्रणका विभिन्न प्रकार हुन्छन् । अश्लील चित्रणमा प्रायजसो विषमयौनिक क्रियाकलापहरू देखाइने हुनाले यौन उद्योग मुख्य रूपमा विषमयौनिक धारणाको माध्यम मानिन्छ । यद्यपि, समयौनिक क्रियाकलापको चित्रण, प्रभुत्व, यौन प्रतीकात्मकता, पारलैङ्गिक यौन र शारीरिक परिमार्जन जस्ता अश्लील चित्रणहरू पनि उपलब्ध छन् ।[८] अश्लील चित्रणलाई निम्न रूपमा वर्गीकृत गर्न सकिन्छ:
अश्लील चित्रणका प्रभावबारे विभिन्न अध्ययन र अनुसन्धान गरिएका छन् ।[९] यस्ता अनुसन्धानमा बलात्कार, घरेलु हिंसा, यौनजन्य सङ्क्रमण, सम्भोगमा समस्या र बाल यौन हिंसाका सम्भावनालाई अध्ययन गरिन्छ ।[१०] अश्लील चित्रणको लत लाग्ने मान्यता भएपनि निश्चित निस्कर्षमा पुग्न पर्याप्त प्रमाण प्राप्त भएको छैन ।[११] कयौँ अध्ययनले अश्लील चित्रणको वैधताले बलात्कार र घरेलु हिंसा घट्ने निस्कर्षमा पुगेको छ भने अन्य अध्ययनहरूको कुनै निश्चित निष्कर्ष निस्केको छैन ।[१२]
अश्लील चित्रणसम्बन्धि नीतिनियम देश र समुदाय अनुसार फरक पर्छ । धेरैजसो देशहरूमा टेलिभिजनमा नग्नताको प्रसारण गर्ने स्वीकृति दिइएको छ । अन्य प्रकारका अश्लीलताको प्रदर्शन र प्रसारण भने नियन्त्रित छन् । बालबालिकाको संलग्नता भएको अश्लील चित्रणलाई झन्डै सबै देशमा अवैध घोषित गरिएको छ । कुनैकुनै देशहरूमा हिंसात्मक अश्लील चित्रण र पशुभावानात्मक अश्लील चित्रणको प्रदर्शन र प्रसारणमा प्रतिबन्ध लागिएको छ ।
धेरै देशमा नाबालकको अश्लील चित्रको पहुँचलाई नियन्त्रण गरिएको पाइन्छ । अश्लील चित्रणको विक्रीवितरण हुने अश्लील पसलहरूमा छिर्न पनि न्यूनतम उमेर तोकिएको छ । सामान्यतया, नाबालकहरूलाई अश्लील चित्रण देखाउने र बेच्ने कामलाई अपराधको रूपमा लिइन्छ । यद्यपि, इन्टरनेटमा अश्लील चित्रणले यी प्रयासहरूलाई विफल तुल्याएको छ ।
अश्लील चित्रणले संलग्न व्यक्तिहरूको अधिकार हनन गर्न सक्छ, जब यौनिक क्रियाकलापमा दुबै पक्षको सहमति हुन्दैन । उदाहरणका लागि प्रतिशोधात्मक अश्लील चित्रणमा बदलाको भावनाले अरूहरूको अश्लील श्रव्यदृश्यलाई स्वीकृति बिना इन्टरनेटमा हालिन्छ ।[१३] कुनैकुनै देशहरूमा यस समस्याको सम्बन्धमा विशिष्ट नियमहरूको परिचालन गरिएको छ ।[१४]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.