नेपाली फूटबल खेलाडी From Wikipedia, the free encyclopedia
अञ्जन बिष्ट(जन्म:१५ मे १९९८) एक नेपाली फुटबल खेलाडी हुन् । उनी नेपालका राष्ट्रिय फुटबल खेलाडी समेत हुन् । ३१ अक्टोबर २०१४ देखि अञ्जन बिष्टले नेपाल राष्ट्रिय फुटबल टिमबाट खेल्न सुरु गरेका थिए[3][4] । अञ्जन विष्टले प्राय सबै किसिमका उमेर समुहमा नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका छन् ।
व्यक्तिगत जानकारी | |||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | अञ्जन बिष्ट | ||||||||||||||||||||||||
जन्म मिति | [1] | १५ मे १९९८||||||||||||||||||||||||
जन्म स्थान | हेटौँडा, नेपाल[2] | ||||||||||||||||||||||||
खेल्ने स्थान(हरू) | अग्रपंक्ति | ||||||||||||||||||||||||
क्लब जानकारी | |||||||||||||||||||||||||
वर्तमान टोली | मनाङ मर्स्याङ्दी क्लब | ||||||||||||||||||||||||
युवा करियर | |||||||||||||||||||||||||
२०११-२०१४ | एन्फा एकेडेमी | ||||||||||||||||||||||||
२०१६– | मार्बेला एफसी | ||||||||||||||||||||||||
वरिष्ठ करियर* | |||||||||||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | ||||||||||||||||||||||
२०१५-१६ | एपीएफ क्लब | ४ | (१) | ||||||||||||||||||||||
२०१८– | मनाङ मर्स्याङ्दी क्लब | ३ | (१) | ||||||||||||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | |||||||||||||||||||||||||
2013–14 | नेपाल यु-२७ | ५ | (३) | ||||||||||||||||||||||
2015– | नेपाल यु-२० | ४ | (३) | ||||||||||||||||||||||
२०१६– | नेपाल यु-२३ | ९ | (२) | ||||||||||||||||||||||
२०१४– | नेपाल | ३३ | (२) | ||||||||||||||||||||||
सम्मान
| |||||||||||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ११ अप्रिल २०१५ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १० अक्टोबर २०१९ |
अञ्जन विष्ट सुरूवाटमा मध्यपंत्तीबाट विपक्ष विरूद्ध फुटबल मैदानमा उत्रने गर्दथे भने हाल उनी अग्रपंक्तिबाट उत्रने गर्दछन् । बिष्टहाल नेपालकै चर्चित र सफल क्लब मनाङ मर्स्याङ्दी क्लबबाट क्लब फुटबल खेल्ने गर्दछन् ।
अञ्जन बिष्टले २०१६ मा पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत उत्कृष्ट युवा खेलाडीको पुरस्कार समेत जित्न सफल भएका थिए । अञ्जन बिष्ट नेपाली राष्ट्रिय फुटबल टिमका अर्का चर्चित फुटबल खेलाडी रञ्जन बिष्टको सहोदर भाइ समेत हुन् ।
अञ्जन विष्ट नेपाली जुनियर टिमका नियमित खेलाडी रहेका थिए । उनले सन् २०१३ मा नेपालमा भएको २०१३ साफ यू-१६ च्याम्पियनसिपमा बङ्गलादेश विरूद्वको खेलमा फ्रिकिक मार्फत गोल गर्न सफल भएको थियो । उक्त खेलमा नेपाल बङ्गलादेश विरूद्ध ५-१ गोलअन्तरले विजयी हुन सफल भएको थियो[5] ।
अञ्जन बिष्टले ३१ अक्टोबर २०१४ का दिन नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । उनले खेलको ६१ औँ मीनेटमा सन्दिप राईलाई विस्थापित गर्दै मैदान उत्रिएका थिए । बिष्टको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ०-३ गोल अन्तरले पराजित भएको थियो[3][4] ।
६ मार्च २०१५ मा भारत विरूद्ध नेपालमा भएको २०१८ फिफा विश्वकप छनोट चरणमा अञ्जनले नेपाली टिमको पहिलो रोजाइका रूपमा स्थान बनाउन सफल भएका थिए । यस्तै नेपालले बङ्गलादेशमा आयोजना भएको बङ्गबन्धु गोल्डकपको ऐतिहासिक उपाधि जित्दा अञ्जन विष्टको उत्कृष्ट प्रदर्शनीसँगै उल्लेखनीय योगदान समेत रहेको थियो[6] ।
मार्बेला युनाइटेड एफसी, स्पेनबाट अञ्जन बिष्टले २०१६ मास्च २८ का दिन निज्मेजन कम्बिनेट एकेडेमी अन्डर १९ टिमका विरूद्ध १ गोल गर्न सफल भएका थिए । उक्त खेलमा मार्बेला टिम १-० गोल अन्तरले विजयी भएको थियोे[7] । यस्तै उक्त क्लबबाट अञ्जनले विभिन्न खेलहरूमा उत्कृष्ट प्रदर्शनी गरेका थिए [8] ।
नेपाल राष्ट्रिय टिम | ||
---|---|---|
वर्ष | खेलहरू | गोलहरू |
२०१४ | १ | ० |
२०१५ | ६ | ० |
२०१६ | ८ | ० |
२०१७ | ६ | ० |
२०१८ | ६ | ० |
२०१९ | ६ | २ |
जम्मा | ३३ | २ |
नम्बर. | मिति | स्थान | विपक्ष | गोल अवस्था | अन्तिम नतिजा | प्रतियोगिता |
---|---|---|---|---|---|---|
१. | १० सेप्टेम्बर २०१९ | टाइपेइ म्युनिसिपल रंगशाला, टाइपेइ, चाइनिज टाइपेइ | चिनियाँ ताइपेई | १–० | २–० | २०२२ फिफा छनोट - एएफसी दोस्रो चरण |
२. | २–० |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.