Remove ads
From Wikipedia, the free encyclopedia
ह्वेल ठुला, समुन्द्री स्तनधारी जलचर हुन् । अन्य स्तनधारी जस्तै, यिनिहरू पनि वायुमण्डलबाट अक्सिजन लिने गर्छन्, केही मात्रामा रौं हुन्छन् र यिनिहरूको पनि तातो रगत हुन्छ।
ह्वेल | |
---|---|
जानकारी | |
सिटेसियाको वर्गीकरण
|
|
ह्वेलका परिवारहरू |
|
मुख्यतया ह्वेलहरू दुई प्रकारका हुन्छन् र यिनको लगभग १०० प्रजाती हुन्छ।[१] ह्वेलहरू सिटेसिया इन्फ्राअडर अन्तर्गत पर्छन् जस अन्तर्गत डल्फिन र पर्पैजेज पनि पर्दछन्। सिटेसिया इन्फ्राअडर अन्तर्गतका दुई पार्भोअडरहरू माइस्टिसिटी (बेलिन ह्वेल) र ओडन्टोसिटी (तुथेड ह्वेल) लगभग ३ करोड ४० लाख वर्ष अघि तिर बिभजित भए। ह्वेलहरू यी दुई पार्भोअडर अन्तर्गत ८ वटा परिवारमा विभाजित छन्, ती हुन; बेलैनोप्टेरिडी (रोरक्वायल), बेलैनिडी (राइट ह्वेल), सिटोथेरिडी (पिग्मी राइट ह्वेल), एस्क्रिक्टिडी (खैरो ह्वेल), मोनोडन्टिडी (बेलुगास र नरह्वेल्स), फाइसेटेरिडी ( स्पम ह्वेल), कोजिडी (ड्वार्फ र पिग्मी स्पम ह्वेल) र जिफिडी (बिकेड ह्वेल) । ह्वेलहरू आकारमा २.६ मिटर (८.५ फिट) र १३५ किलोग्राम (ड्वार्फ स्पम ह्वेल) देखी २९.९ मिटर (९८ फिट) र १९० मेट्रिक टन (निलो ह्वेल) सम्म हुन्छन्।
मानिसहरू "ह्वेल" शब्दलाई फरक फरक ढङ्गले प्रयोग गर्छन्। केहि मानिसहरू डल्फिन र पर्पैजेज(Porpoises) समेत सम्पुर्ण सिटेसियन (Cetacean)हरू लाई ह्वेल भन्छन्। यी मानिसहरूले डल्फिन र पर्पैजेज पनि ह्वेल हुन भन्छन्,किनकि यिनिहरू पनि सिटासियन हुन् भने अरूले डल्फिन र पर्पैजेजलाई ह्वेलसँग छुट्याउछन किनकि ह्वेलहरू आकारमा ठुला हुन्छन्। वास्तवमा ह्वेल र डल्फिन लाई छुट्याउने या नछुट्याउने भन्ने विषयमा स्पष्ट आधार छैन्।
धेरै देशहरूमा ह्वेल मार्न नपाइने नियम छ। तर केही देशहरू जस्तैः आइसल्यान्ड, जापान मा यस्तो नियम छैन्। ह्वेलहरू मासु र तेलको लागि मारिन्छन्।
एउटा परिपक्व पोथी ह्वेलले प्रत्येक २ वा ३ वर्षमा एउटा बच्चा जन्माउछन्। यिनिहरूको गर्भअबस्था लगभग १ वर्ष सम्म रहन्छ र बच्चाहरू १ वर्ष भन्दा बढी समयसम्म आमा सँगै रहन्छन्। ह्वेलहरू ७ देखि १०वर्षको उमेरमा प्रजननको लागि परिपक्व हुन्छन्। यस्तो प्रकारको प्रजननबाट थोरै सन्तति त उत्पादन हुन्छन् तर मृत्युदर चाहिँ घट्छ। सिकारको प्रभावले गर्दा ह्वेलहरूको जनसङ्ख्या वृद्धि बिस्तारै भइ रहेको छ।[२]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.