From Wikipedia, the free encyclopedia
डेनियल्ले लुइजी मोइनेट (जन्म:२८ नोभेम्बर १९८३) एक अमेरिकी व्यवसायी महिला कुस्ती खेलाडी, मोडल, अभिनेत्री तथा अवकाशप्राप्त फुटबल खेलाडी हुन्।[6] उनी अमेरिका स्थित एक प्रमुख कुस्ती पदोन्नति डब्ल्युडब्ल्युईमा समर रेको नामले परिचित छिन्।[5][1] उनी डब्ल्युडब्ल्युई द्वारा सञ्चालित टोटल डिभास नामक एक वास्तविक टेलिश्रृङ्खलाको दोस्रो तथा दोस्रो संस्करणकी प्रमुख पात्र थिइन्।[7][8] डब्ल्युडब्ल्युईसँग आवद्ध हुनु भन्दा अगाडि उनले सिकागो ब्लिस नामक एक अमेरिकी फुटबल क्लबकी खेलाडी रहेकी थिइन्।
समर रे | |
---|---|
वास्तविक नाम | डेनियल्ले लुइजी मोइनेट |
जन्म | [1] न्युयोर्क अमेरिका[2] | नोभेम्बर २८, १९८३
निवासस्थान | सिकागो इलिनोइ, अमेरिका [3] |
शिक्षा | उत्तर क्यारोलिना विश्वविद्यालय |
व्यावसायिक कुस्ती जीवन | |
लोकप्रिय रिङ नाम | डेनियल्ले लुइजी मोइनेट समर रे |
उचाई | ५ फिट १० इन्च (१७८ सेमी)[4][5] |
तौल | १२५ पाउन्ड (८ स्टोन १३ पाउन्ड; ५७ किग्रा)[5] |
उत्पत्ति | उत्तर क्यारोलिना[4] |
प्रशिक्षक | फ्लोरिडा च्याम्पियनसिप रेस्लिङ[5] |
पदार्पण | १८ डिसेम्बर २०११[5] |
सन् २०११ मा मोइनिटले डब्ल्युडब्ल्युईसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेको जानकारी गराएको थियो भने उनले त्यसपछि डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र फ्लोरिडा च्याम्पियनसिप रेस्लिङमा आफ्नो कुस्ती कार्यकाललाई अगाडि बढाएकी थिइन्।[9] उनले सन् २०११ डिसेम्बर १८ का दिन उनले डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र फ्लोरिडा च्याम्पियनसिप रेस्लिङमा रिङ पर्दापण गरेकी थिइन्। उनले एफसिडब्ल्यूका लागि केही महिनाका लागि रिङ उद्घोषकको काम गरेकी थिइन्।[10] उनले पछि आफ्नो रिङ नाम समर रेमा परिवर्तन गरेकी थिइन्। मार्च ५ का दिन आयोजित एफसिडब्ल्यूको एक श्रृङ्खलामा उनलाई सेथ रोलिन्स र उनको नयाँ साथी ब्राड म्याडक्स बीचको खेलमा अवरोध पुर्याउनबाट उक्त पदोन्नतिमा पर्दापण गरेकी पेइजले रोकेकी थिइन्।[11] ११ मार्च २०११ का दिन आयोजित एफसिडब्ल्यूको एक श्रृङ्खलामा उनी एफसिडब्ल्यूको महाप्रबन्धकको रूपमा नियुक्त भएकी थिइन्।[12] मार्च १५, २०११ का दिन आयोजित एफसिडब्ल्यूको एक श्रृङ्खलामा उनले उक्त पदोन्नति अन्तर्गत रहेको क्विन्स अफ एफसिडब्ल्यू नामक उपाधिलाई निष्क्रिय गराएकी थिइन् जसकारण रफिक डियास उक्त उपाधि जित्ने अन्तिम विजेता रहेकी थिइन्।[13] सन् २०११ अप्रिल ६ का दिन आयोजित एफसिडब्ल्यूको एक श्रृङ्खलामा उनले रिङ पर्दापण गरेकी थिइन् जसअन्तर्गत उनी सोफिया कोर्टिजसँग ट्रिपल थ्रेट खेलमा पराजित भएकी थिइन् जुन खेलमा पेइज पनि संलग्न थिइन्।[14]
डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एफसिडब्ल्यूको विघटन पश्चात् डब्ल्युडब्ल्युईले उसको नयाँ विकासशील क्षेत्र एनएक्सटीको सुरुवात गरेको थियो भने एनएक्सटीका लागि रेले रिङ उद्घोषकको रूपमा काम गरेकी थिइन्।[15] रे पनि एनएक्सटीका खेलहरूमा संलग्न हुन सुरु गरेकी थिइन् जब उनले ३० जनवरी २०१३ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा पेइजलाई आक्रमण गरेकी थिइन्।[15] सन् २०१२ मे १ मा दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा उनको र पेइज बीचको खेल आयोजना गरिएको थियो जहाँ उनी पेइजसँग पराजित भएकी थिइन्।[16][17] रेले सन् २०१२ जुन १२ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा उनी एनएक्सटीको पहिलो महिला विजेता बन्नका लागि एक प्रतियोगितामा भाग लिएकी थिइन् जहाँ उनले उक्त प्रतियोगिताको पहिलो चरणमा सासा बेङ्क्सलाई पराजित गर्न सफल भएकी थिइन् तर उनी पछि सन् २०१२ जुलाई १० का दिन उक्त प्रतियोगिताको सेमिफाइनल खेलमा उनी एमासँग पराजित भएकी थिइन्।[18][19] उनी उक्त प्रतियोगिताको सेमिफाइनल खेलमा एमासँगको खेलमा पराजित भएपछि उनले एमालाई आक्रमण गरेकी थिइन् जसकारण उनीहरूको बीच द्वन्द्वको सुरुवात भएको थियो।[20] एमा र रेका बीच पछि एक खेल आयोजना गरिएको थियो जहाँ उनी एमासँग पराजित भएकी थिइन् तर खेलमा एमा घाइते भएपछि रेले एनएक्सटी महिला उपाधि विजेता पेइजलाई उनको उपाधिका लागि चुनौती दिएकी थिइन् जुन पछि पेइजले स्वीकार गरेकी थिइन्।[21] सन् १०१२ अगष्ट १४ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा रे पेइजसँग उपाधिका लागि खेलमा पराजित भएकी थिइन्।[22][23] उक्त खेलपछिका केही हप्ताहरूमा रे सासा बेङ्क्ससँग सहकार्य गर्दै तत्कालिन महिला विजेता पेइजलाई आक्रमण गर्ने रणनीति बनाएका थिए जसको फलस्वरूप सन् २०१२ सेप्टेम्बर ११ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा बेङ्क्सले पेइजलाई आक्रमण गरेकी थिइन्।[24] बेङ्क्स र रेले पछि उनीहरूको टोलीको नाम ब्युटिफुल फियर्स फिमेल्स राख्दै प्रस्तुत हुनु सुरु गरेका थिए।[25] सन् २०१२ अक्टोबर १६ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा उनीहरूको सामना पेइज र एमासँग एक ट्याग टिम खेलमा भएको थियो जहाँ ब्युटिफुल फियर्स फिमेल्सले जित हासिल गर्न सफल भएका थिए।[26]
६ महिनाको अस्थायी अवकाश पश्चात् उनी जुन ६ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा उनी पुनः उक्त पदोन्नतिमा फिर्ता भएकी थिइन् भने उनले उनको पहिलो उपस्थितिमै सार्लेटको खेलमा अवरोध पुर्याएकी थिइन्।[27] उक्त खेलको समाप्ति पछि रेले बेइलीलाई आक्रमण गरेकी थिइन्।[28][29] रेले पछि एक खेलमा बेइलीलाई पराजित गर्दै एनएक्सटी महिला उपाधिका लागि पहिलो दावेदार बन्न सफल भएकी थिइन् भने तात्कालिक समयमा एनएक्सटी महिला विजेता सार्लेट फ्लेयर थिइन्।[30] जुलाई २४ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा रेले एनएक्सटी महिला उपाधिका लागि सार्लेट फ्लेयरसँग खेल खेलेकी थिइन् तर उक्त खेलमा उनी फ्लेयरसँग पराजित भएकी थिइन्।[31]
सन् २०१३ अप्रिल २२ का दिन रेले डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्र र मा फान्डाङ्गोको नृत्य साथीका रूपमा पर्दापण गरेकी थिइन्।[32] सन् २०१३ मे १३ का दिन आयोजित डब्ल्युडब्ल्युई रको एक श्रृङ्खलामा फान्डाङ्गो र समर रेको क्रिस जेरिको र उनको एक महिला नृत्य साथीसँग एक नाच प्रतियोगिता आयोजना गरिएको थियो भने फान्डाङ्गो र रेक नाच चलिरहँदा रेको खुट्टामा चोट लागेको थियो जसकारण डाङ्गोले पछाडिबाट जेरिकोलाई आक्रमण गरेका थिए तर पछि रेले चोट लागेको नाटक गरेकी थिइन्।[33] २५ अक्टोबरका दिन आयोजित स्म्याकडाउनको एक श्रृङ्खलामा फान्डाङ्गोको सामना द ग्रेट खलीसँग भएक थियो भने उक्त खेलमा रेले अवरोध पुर्याएका करण डाङ्गो र रेको सामना नेटालिया र खलीसँग एक मिश्रित ट्याग टिम खेल हेल इन अ सेलमा आयोजना गरिएको थियो जुन रेको उक्त पदोन्नतिका लागि पहिलो खेल थियो।[34] उक्त खेलमा रे र डाङ्गोको टोलीले खाली र नेटालियाको टोलीलाई पराजित गर्न सफल भएका थिए।[35] उक्त कार्यक्रमको एक दिन पश्चात् आयोजना गरिएको रको एक श्रृङ्खलामा रेक सामना नेटालियासँग भएक थियो जहाँ उनी नेटालियासँग पराजित भएकी थिइन्।[36] रेले नोभेम्बर २३ मा दिन आयोजित सरभाइभर सिरिज नामक एक वार्षिक कुस्ती कार्यक्रममा पनि भाग लिएकी थिइन्।[37][38][39] नोभेम्बर १९, २०१३ का दिन आयोजित सुपरस्टारको एक श्रृङ्खलामा रेले क्याटलिनलाई एकल खेलमा पराजित गर्न सफल भएकी थिइन् जुन उनको उक्त पदोन्नतिका लागि पहिलो जित थियो।[40] सन् २०१४ को सुरुवातसँगै रेको एमासँग द्वन्द्व चर्किएको थियो भने उनीहरू विभिन्न शृङ्खलामा आयोजित कुस्ती कार्यक्रमहरूमा एकअर्काको विरुद्धमा मैदान उत्रिएका थिए।[41][42][43][44][45][46][47][48]
अप्रिल ८, २०१४ का दिन फान्डाङ्गोले रेसँगको मित्रता अन्त्य गरेको कुरा आफ्नो व्यक्तिगत ट्विटर खाता मार्फत व्यक्त गरेका थिए भने सन् २०१४ अप्रिल ११ का दिन आयोजित डब्ल्युडब्ल्युई रको एक श्रृङ्खलामा उनको नयाँ नृत्य साथीको रूपमा लेला आएकी थिइन्।[49][50] रे मे १९ का दिन आयोजित रको एक श्रृङ्खलामा पुनः डब्ल्युडब्ल्युईमा फर्किएकी थिइन् भने उनले आउने बित्तिकै फान्डाङ्गोलाई चुम्बन गर्दै लेलालाई आक्रमण गरेकी थिइन्।[51][52] सन् २०१४ जुन २९ का दिन आयोजित मनी इन द बेङ्क नामक एक वार्षिक कुस्ती कार्यक्रममा रेको सामना लेलासँग भएको थियो जुन खेलको अतिथि निर्णायकको रूपमा फान्डाङ्गो चयन भएका थिए।[53][54][55][56] उक्त खेलमा रे लेलासँग पराजित भएकी थिइन्।[57][58][59]
सन् २०१४ जुन ३० का दिन आयोजित डब्ल्युडब्ल्युई रको एक श्रृङ्खलामा रेका कारण फान्डाङ्गो पराजित भएका थिए।[60] जुलाई ११ का दिन आयोजित स्म्याकडाउनको एक श्रृङ्खलादेखि रे र लेलासँगै काम गर्न सुरु गरेका थिए भने उनीहरूको अतिथि निर्णायकक रूपमा काम गरेका फान्डाङ्गोलाई आक्रमण गरेका थिए।[61] त्यसको एक हप्तापछि आयोजित स्म्याकडाउनको एक शृङ्खलामा रे र लेलाले टोलीको रूपमा काम गरेदेखिको पहिलो हार बेहोरेका थिए।[62] उनीहरूको टोलीले सन् २०१४ सेप्टेम्बर २ का दिन आयोजित मेन इभेन्ट नामक एक कुस्ती कार्यक्रममा पहिलो जित हासिल गरेका थिए।[63] सरभाइभर सिरिज नामक एक वार्षिक कुस्ती कार्यक्रममा उनीहरूको टोली ट्याग टोली निस्कासन खेलमा समावेश भएका थिए तर उनीहरू उक्त प्रतिस्पर्धाबाट बाहिरिएका थिए।[64][64] रे द्वारा अभिनित उनको पहिलो चलचित्र द मरिन ४ को सार्वजनिक पछि उक्त चलचित्रका अभिनेता द मिजसँग उनले सहकार्य गरेकी थिइन् भने उनीहरूको डब्ल्युडब्ल्युईमा फर्किएपछि द मिजको डेमियन स्यान्डोसँग द्वन्द्व चलेको थियो जसमा रेले मिजलाई स्यान्डोलाई पराजित गर्न सहयोग गरेकी थिइन्। [65][66][67][68][69]
सन् २०१६ देखि रे पुनः रिङमा फर्किएकी थिइन् भने उनले डब्ल्युडब्ल्युईको र र स्म्याकडाउनमा विभिन्न खेलाडीहरूसँग एकल खेल खेल्न सुरु गरेकी थिइन्।[70][71] सन् २०१६ को मार्च महिनामा उनले टिम ब्याड (नेयोमी र टमिना), एमा र लानासँग सहकार्य गरेकी थिइन् भने उनीहरूको टोली रेसलमेनिया ३२ को कार्यक्रममा अर्को टोलीसँग पराजित भएका थिए। [72][73][74] सन् २०१६ जुलाई १९ का दिन रे डब्ल्युडब्ल्युई ड्राफ्ट अन्तर्गत रमा सरुवा भएकी थिइन्।[75][76] एक वर्षको निष्क्रियता पश्चात् सन् २०१७ अक्टोबर २९ मा दिन उनको डब्ल्युडब्ल्युईसँगको आवद्ध पत्रको मिति समाप्त भएको थियो भने उनी डब्ल्युडब्ल्युईबाट निस्कासन भएकी थिइन्।[77][78][79]
डब्ल्युडब्ल्युईबाट प्रस्थान गरेको सात महिनापछि उनले मे २५ मा भिक्टोरियाको बर्वुड इस्टस्थित ह्वाइटहर्स क्लब फङ्सन एन्ड कन्भेन्सन सेन्टरमा ब्याटल च्याम्पियनसिप कुस्ती प्रतियोगितामा भाग लिँदै आफ्नो स्वतन्त्र सर्किटमा प्रदर्शन गर्न सुरुवात गरेकी थिइन्। उनले आफ्नो पहिलो खेलामा एनएक्सटीकी पूर्व खेलाडी सोफिया कोर्टेजको सामना गरेकी थिइन् जहाँ उनी पराजित भएकी थिइन्।[80][81]
मोइनटले आफ्नो खेलको दौरान नेटालियाको खिसी गर्दै जनवरी २१, २०२२ को शृङ्खलामा पाँच वर्षको अनुपस्थितिपछि पहिलो पटक टेलिभिजनमा देखा परेकी थिइन्। उनले टोटल डिभासबाट आफ्नो प्रतिस्पर्धा निभाएकी थिइन्। उनले २०२२ को रोयल रम्बलमा सीधै नेटालियालाई आक्रमण गर्न जाँदै गरेको २३ औँ स्थानमा रिङ प्रवेश गरेकी थिइन्।
पछि उनले स्टेफिनी म्याकमेनले आयोजना गरेको रेसलमेनिया ३८ पूर्व–कार्यक्रम भोजामा पनि भाग लिएकी थिइन्।[82]
वर्ष | पुरस्कार | श्रेणी | विधा | नतिजा | सन्दर्भ |
---|---|---|---|---|---|
सन् २०१४ | सर्टी पुरस्कार | सामाजिक सञ्जालमा उत्कृष्ट | स्वयम् | मनोनित |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.